default_image

7 years ago

January 30, 2019

‘ब्याटिङमा पनि ध्यान दिइरहेको छु’ – सन्दिप लामिछाने

220 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक ओडीआई सिरिजको जितपछि यूएईविरुद्ध तीन खेलको ट्वान्टी-२० सिरिज पनि खेल्दैछ । पहिलो खेल बिहिबार दुबईस्थित आईसीसी एकडेमी मैदानमा नेपाली समयानुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

खेलको अघिल्लो दिन युवा स्पिनर सन्दिप लामिछानेले आफूले पछिल्लो समय ब्याटिङमा पनि ध्यान दिइरहेको बताए । ‘ पछिल्लो समय ब्याटिङमा पनि अलि ध्यान दिन थालेको छु । इनिङको अन्तिमतिर क्रिजमा आएर रन जोड्दा टोलीलाई र व्यक्तिगत आफूलाई फाइदा हुन्छ । यसले गर्दा हामीले बलिङमा धेरै रन रोक्न पनि सहयोग पुग्छ,’ उनले भने । उनले ब्याटिङमा पाएको समय सदुपयोग गर्दा दिर्घकालिन रुपमा टोलीलाई नै फाइदा पुग्ने पनि बताए ।

सन्दीपले नेपालको ओडीआई मान्यतासम्मको यात्रामा बलिङ मात्र नभएर ब्याटिङमा पनि योगदान दिएका थिए । विशेषत: करण केसीले क्यानाडाविरुद्ध अपत्यारिलो ब्याटिङ गर्दा सन्दीपले नै उनलाई अर्को एण्डबाट साथ दिएका थिए । यूएईविरुद्ध ओडीआई सिरिजमा पनि सन्दीपले ब्याटिङमा राम्रो प्रदर्शन गरे ।

पहिलो खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दा पनि सन्दीपले १५ रन जोडेका थिए । उनले नेपालले लगातार विकेट गुमाइरहेको अवस्थामा धैर्यतापूर्वक ब्याटिङ गर्दै । दोस्रो खेलमा उनले १० बलमा २ चौकासहित नटआउट १४ रन जोडे । अबको टि-२० सिरिजमा पनि सन्दीपले आवश्यक परेको खण्डमा टोलीका लागि रन बटुल्ने क्षमता रहेको देखाएका छन् ।

टि-२० सिरिजको अघिल्लो दिन बोल्दै सन्दिप :

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.