7 years ago
January 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विनाशकारी भूकम्पपछि चारवटा एकिकृत बस्ती निर्माण गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्माणको लागि बुधबार फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले हस्ताक्षर गरे ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि त्रिभुवन विश्वविद्यालयले भरपुर महानगरपालिकाको माध्यमबाट फाउन्डेसनलाई उपलब्ध गराएको हो ।
२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुल आकारको हुने बताइएको । यसमा २५ हजार दर्शक अट्नेछन् । बहुउपयोगी हुने यो रंगशालाभित्र त्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछ ।
रंगशालामा बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने बताइएको छ ।
‘रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिनेछ । शिलन्यासकै दिन हामी दुई वर्षभत्र सक्ने वाचाका साथ कामलाई अघि बढाउनेछौं,’ फाउन्डेसनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला करिब २५ हजार दर्शक क्षमताको हुनेछ । ‘यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ । हामी आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गरेर बनाउने छौं । २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गर्नेछौं ।
उनले रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको बताए । उनले यस्तो पवित्र कार्यमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीले दिल खोलेर सहयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको समेत बताए ।
रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष कट्टेलले बताएका छन् । बुधबारै झन्डै साढे ४ करोड रुपैया संकलन भएको थियो । उनले यसअघि जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए ।
नेपालले एक दिवसीय अन्र्ताष्ट्रिय मान्यता पाएपछि गत चैतमा नै धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गन घोषणा गरेका थिए । उनको टिमले उपयुक्त स्थानको खोजीमा देशका विभिन्न स्थानमा स्थलगत भ्रमण गरेपनि भरतपुर महानगरले फाउन्डेसनलाई जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । पटक–पटक अवलोकनपछि चितवनमा रंगशाला बनाउन फाउन्डेसन तयार भएका थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कामको थालनी गर्ने संकल्प गरेको भन्दै धुर्मुस सुन्तलीको प्रशंसा गरेका छन् । ‘फाउन्डेसनले भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेको छ । यो राम्रो कामको थालनी हो । बजेट निकै ठूलो छ । पैसा छैन तै पनि आँट ग¥यो । आँट गरेर महानगरपालिकासँग सम्झौता नै ग¥यो’ प्रधानमन्त्री ओलीले भने, ‘धुर्मुस सुन्तलीले रंगशाला बनाउँछन् । अरुले केही नगर्ने ? अरुले रंगशाला नबनाए पनि अरु केही त गरौं । गरे किन हुँदैन ? एउटा मान्छे खोजिरहेछु भन्दा ‘ए धर्मुस सुन्तली भेटियो । अब पुग्यो त ? एउटा रंगशालाले मात्र त पुग्दैन ।’
उनले सहयोग गर्छु भन्नेहरुलाई रकममै बाचाअनुसार रकम उपलब्ध गराउन आग्रहसमेत गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए । नेकपाका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फाउन्डेसनको पहललाई धन्यवाद दिएका थिए । उनले फाउन्डेसन र भरतपुर महानगरको रंगशाला निर्माणलाई लिएर देखिएको उत्साह प्रेरणादायी भएको बताएका छन् ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नगरपालिकाको श्रोतले मात्र रंगशाला निर्माण सम्भव नभएकाले यसको पहल लिने फाउन्डेसनलाई धन्यवाद दिइन् । उनले रंगशाला निर्माणपछि पहिलो खेल भारत र पाकिस्तानबीच गराउने प्रयास गर्ने समेत बताइकी थिइन् ।
कलाकार मदनकृष्ण श्रेष्ठले फाउन्डेसनको कामले कलाकारको इज्जत बढेको बताए । उनले सबै क्षेत्रमा भ्रष्टाचार मौलाएको उल्लेख गर्दै कट्टेल दम्पतीले भने एकपछि अर्को स्तरीय काम गरेको बताए । उनले कट्टेल दम्पतीलाई स्याबासी दिदै भने, म पुलिस आर्मी त हैन तर तपाईहरुको कामका लागि सल्युट गर्छु । उनले आर्थिक अनियमितताबाट भने जोगिन सल्लाह दिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]