7 years ago
January 31, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको तीन शृंखलाको पहिलो टि–२० खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ देखी आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ ।

तीन ओडीआई शृंखला २–१ ले जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । नेपालले हालसम्म दुई देशसँगमात्र आइसीसी अन्तर्राष्ट्रिय टि-२० सिरीज खेलेको छ । हालसम्म श्रृंखला जित्न भने सकेको छैन । ओडीआई सिरीज गुमाएको घरेलु टोली यूएई टि-२० श्रृंखला जित्दै साख जोगाउने रणनितीका साथ मैदान प्रवेश गर्ने छ ।
नेपाल र यूएईबीच टि-२० खेलमा पछिल्लो समय सन् २०१४ को विश्वकप अघि अभ्यासका रुपमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । सन् २०१४ मा पहिलो टि-२० विश्वकप प्रतियोगितामै उत्कृष्ट प्रर्दशन गरेपछि आईसीसीले त्यसै वर्ष जुनमा नेपाललाई टि-२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो ।
लगत्तै नेपालले हङकङसँग ४ टि-२० सिरीज श्रीलंकामा खेल्ने मौका पाएको थियो । वर्षाले तीन खेल रद्ध हुँदा अन्तिम खेलमा नेपाल पराजित हुँदै सिरिज १-० ले गुमायो । सन् २०१५ को जुलाई जुनमा नेदरल्यान्डसँग थप ४ टि-२० सिरीज खेल्ने अवसर पायो । जुन सिरिज टि-२० विश्कप छनोट अघि अभ्यासको रुपमा पाएको थियो । उक्त सिरीज नेपालले ३-१ ले गुमायो ।

सन् २०१५ टि-२० विश्वकप छनोटमा नेपालले खराब प्रर्दशन गर्दै समुह चरणबाट बाहिरिएपछि टि-२० मान्यता गुमाएको थियो । झण्डै तीन वर्ष नेपाली क्रिकेट टोलीले कुनै पनि अन्तर्राष्ट्रिय टि-२० प्रतियोगिता खेल्न पाएन । तर नेपाली खेलाडी लगातार घरेलु फ्रेन्चाइज टि२० लिग ईपीएल, डिपिएल साथै यसै वर्ष पिपिएल खेल्दै आएका छन् । त्यसैले पनि टि-२० खेलमा उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरिएको छ ।
गत मार्चमा ओडीआई मान्यता पाएपछि स्वत टि–२० आई मान्यता पुन प्राप्त गर्यो । २९ जुलाई २०१८ मा नेपालले नेदरल्यान्ड र एमसिसिसँग त्रिकोणात्मक टी-२० सिरिज लर्ड्समा खेल्ने मौका पाएको थियो । वर्षाले प्रभावित हुँदा ६ ओभरमा झारिएको खेलमा नेपालले एमसिसिलाई ९ विकेटले हरायो । त्यसै दिन दोस्रो खेल नेपाल र नेदरल्यान्डबीचको खेल वर्षाको कारण पुरा हुन सकेन । नेदरल्यान्ड १६.४ ओभरमा १७४/४ को अवस्थामा निरन्तर वर्षा हुँदा खेल रद्द हुन पुग्यो । यो सिरीजसँगै नेपाल पुन आईसीसीको टि-२० वरियतामा समावेश हुने छ ।
सन्दीपमाथि बढि विश्वास

टि-२० खेलमा बलिङमा सन्दीपमाथि अझ बढि विश्वास गरिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय नाम चलेका फ्रेन्चाइज लिगमा ठूला नाम गरेका खेलाडीलाई आफ्नो शिकार बनाउँदै आएका सन्दीपले राष्ट्रिय टोलीबाट कस्तो प्रर्दशन गर्छन् भन्ने सम्पूर्ण फ्यानले व्यग्रताका साथ प्रतिक्षा गरेको छन् । नेपाललाई पहिलो ओडीआई सिरिज जिताउन सन्दीपले ७ विकेट लिदै महत्त्वपूर्ण प्रर्दशन गरे । उनले पछिल्लो समय ब्याटिङमा पनि ध्यान दिएको बताएका छन् ।
युवा खेलाडीमा निर्भर
नेपाललाई एकै पटक यूएईमा दोहोरो इतिहास रच्ने अवसर छ । तीन टि-२० श्रृंखला जित्न सके नेपालले पहिलो अन्तर्राष्टिय टि-२० सिरीज जित्दै दोहोरो इतिहास रच्ने छ । २-१ ले ओडीआई सिरीज जित्दै इतिहास रचि सकेको छ । पहिलो ओडीआई जिताउन युवा खेलाडीको प्रर्दशन महत्वपूर्ण रह्यो ।
ओडीआइ सिरीजमा सोमपाल कामी,सन्दीप लामिछाने र रोहित पौडेलले उत्कृष्ट प्रर्दशन गर्दा करण केसी, सन्दीप जोरा, आरिफ शेखले पनि राम्रो प्रभाव जमाए । टि-२० सिरिज जिताउन पनि यी खेलाडीको प्रर्दशन महत्वपूर्ण हुने छ ।
नेपाली टोली : पारस खड्का (कप्तान),अभिनाश बोहोरा,वसन्त रेग्मी,विनोद भण्डारी,दिपेन्द्रसिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,ललित नारायण राजवंशी, आरिफ शेख,पवन सर्राफ,प्रदिप ऐरी,रोहित कुमार पौडेल,सन्दिप लामिछाने,सोमपाल कामी,सन्दिप जोरा,भिम सार्की ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]