default_image

7 years ago

January 31, 2019

टि-२० मा प्रभाव जमाउन तयार युवा जमात

163 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

पछिल्लो समय नेपालमा घरेलु क्रिकेट तीन ठूला ट्वान्टी-२० फ्रेन्चाइज लिगले नै धानेको अवस्था छ । टि-२० लिगमा गरेको प्रदर्शन हेर्ने हो भने युवा खेलाडीहरुको प्रभाव अनुभवी खेलाडीभन्दा बढी छ । अहिले नेपाली टोलीमा रहेका १६ खेलाडीमा अधिकांश खेलाडी तीनै टि-२० लिगमा प्रदर्शन गरेको आधारमा टोलीमा परेका छन् ।

लामो समय घरेलु टि-२० मा अभ्यस्त खेलाडीहरु अब अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न लालायित छन् । नेपालले ओडीआई सिरिज जित्दा पनि केहि नयाँ खेलाडीहरुको प्रदर्शनले भविष्य उज्ज्वल रहेका आशा जगाएको छ । विशेषत: मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेल, आरिफ शेख र सन्दीप जोराको प्रदर्शनले ब्याटिङ समस्या सुल्झने सम्भावना देखाएको छ ।

यसबाहेक अवसरको पर्खाइमा रहेका युवा ब्याट्सम्यान भीम सार्की, तीव्र गतिका बलर अभिनाश बोहोरा र सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका पवन सर्राफ पनि टि-२० मा दावेदारी प्रस्तुत गर्न आतुर छन् । अनुभवी खेलाडीका रुपमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले टोलीमा आफ्नो स्थान पक्का गर्न अब मैदानमा प्रदर्शन गर्न जरुरि छ ।

टोलीमा ओपनरका रुपमा प्रदिप ऐरीलाई प्रयोग गर्ने सम्भावना प्रबल छ । ज्ञानेन्द्र मल्लले अर्को ओपनरको भूमिका निर्वाह गर्नेछन् । मध्यक्रममा प्रतिस्पर्धा झनै तीव्र बन्दै गएको छ । अनुभवी खेलाडी शरद भेषावकर नहुँदा पनि प्रतिस्पर्धा धेरै छ । तेस्रो नम्बरमा कप्तान पारस खड्का र चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरीको स्थान लगभग पक्का देखिन्छ । टोलीको समीकरण अनुसार पाँचौ देखि सातौं नम्बरमा ब्याटिङको लागि प्रतिस्पर्धा चुलिएको छ ।

ब्याटिङ गर्दै सन्दीप जोरा

सन्दीप जोराले सोमबार भएको निर्णायक ओडीआईमा देखाएको खेलशैलीले उनलाई पाँचौ नम्बरमा बलियो दावेदारी प्रस्तुत गर्न सहयोग पुगेको छ । घरेलु टि-२० मा पनि उनले पछिल्लो समय प्रभाव जमाउँदै आएका छन् । यसबाहेक विनोद भण्डारी, भीम सार्की, आरिफ शेख र रोहितकुमार पौडेल त्यसपछि ब्याटिङ स्थानको लागि टोलीमा पर्न संघर्ष गरिरहेका छन् ।

विनोदले आक्रामक ब्याटिङका रुपमा घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रभाव देखाएका छन् । ओडीआई सिरिजमा ओपनरको रुपमा आएका उनले धैर्यतापूर्वक ब्याटिङ गर्ने क्षमता पनि देखाएका छन् । आरिफ शेखले मध्यक्रममा एकरुपता दिंदै पटक पटक नेपालको मध्यक्रम सम्हालेका छन् । यता रोहित पौडेलले पनि अर्धशतकसँगै आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । भीम सार्कीले पछिल्लो एक वर्ष घरेलु क्रिकेटमा देखाएको प्रदर्शनले उनलाई पनि विकल्पको रुपमा हेर्न सकिन्छ । पवन सर्राफ पनि स्पिन अलराउण्डरका रुपमा सातौं नम्बरको लागि दावेदारी प्रस्तुत गरिरहेका छन् ।

Rohit half century
अर्धशतक बनाएपछि रोहित कुमार पौडेल

तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी आफ्नो बलिङसँगै ब्याटिङ गर्नसक्ने क्षमताका कारण पनि प्रभावशाली देखिन्छन् । अभिनाश बोहोराले घरेलु टि-२० मा विदेशी खेलाडीहरु समेतलाई दबाबमा राखेको हुनाले उनले पनि अवसर पाउन सक्नेछन् । स्पिन बलिङमा सन्दीप लामिछानेसँगै ललित नारायण राजवंशी र वसन्त रेग्मीमा एक खेलाडीले स्थान बनाउने छन् । वसन्त ओडीआई सिरिजमा बिरामी परेका कारण विश्राममा रहे । ललितको तुलनामा उनको ब्याटिङ पनि राम्रो रहेकाले फिट भएको खण्डमा उनले स्थान बनाउने छन् ।

सम्भावित सुरुवाती ११ :

ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, पारस खड्का (कप्तान), दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विनोद भण्डारी, पवन सर्राफ, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, वसन्त रेग्मी

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.