7 years ago
January 31, 2019
सुबास हुमागाईं, दुबई
नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यूएईविरुद्ध पहिलो ट्वान्टी-२० खेलमा सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त कीर्तिमान कायम गरेका हुन् ।
हेर्नुहोस उनको इनिङस :
नेपाल २१ रनले पराजित भएको खेलमा सन्दीपले ५३ रनको योगदान दिए । उनले आफ्नो इनिङसमा ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । सोमबार भएको यूएईविरुद्ध ओडीआई सिरिजको तेस्रो खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका सन्दीपले आज टि-२० मा पनि डेब्यु गरेका थिए ।
अर्धशतक प्रहार गर्दै सन्दीप टि-२० डेब्युमा नेपालका लागि सर्वाधिक रन बटुल्ने खेलाडी पनि बनेका छन् । यसअघि ज्ञानेन्द्र मल्लले सन् २०१४ को टि-२० विश्वकपमा हङकङविरुद्ध ४८ रन जोडेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]