default_image

7 years ago

January 31, 2019

नेपालले यूएईसँग हार्नुको प्रमुख ३ कारण

136 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – यूएईसँगको पहिलो टि–२० खेलमा नेपाल २१ रनले पराजित भएको छ । १ सय ५४ रनको मध्यमलक्ष्य पक्ष्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो । यो जितसँगै तीन खेलको टि–२० श्रृंखलामा घरेलु टोली यूएईले १–० को अग्रता कायम गरेको छ । दोस्रो टि–२० खेल नेपालले शुक्रबार खेल्ने छ । मध्यम लक्ष्य पक्ष्याएको नेपाललाईको लागि जित त्यति कठिन थिएन । तर पराजित हुन पुग्यो ।

नेपालले यूएईसँग हार्नुको प्रमुख तीन कारण :

सन्दीप जोरालाई साथ दिन नसक्नु

युवा खेलाडी सन्दीप जोराले विश्वकीर्तिमानी अर्धशतक प्रहार गरे । तर अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो साथ र साझेदारी गर्न सकेनन् । टि-२० क्रिकेटमा अर्ध शतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी बनेका जोराले डेब्यूमै एक तर्फबाट परिपक्व अनुभवी ब्याट्सम्यानले जस्तै गरि ब्याटिङ गर्दा अर्को तर्फबाट नेपालको परम्परा रोग खराब ब्याटिङ र विकेट पतन जारी थियो ।

दिपेन्द्रसिंह ऐरी आउट भएपछि मैदान छिरेका जोराले यूएईका बलरलाई एक तर्फबाट दवावमा राखेका थिए । अर्को तर्फबाट नेपाली ब्याट्सम्यान पेभिलिएन फर्कि रहे । कुनै पनि ब्याट्सम्यानले जोरालाई राम्रो साथ दिन सकेनन् । जोरा अन्तिम बल सम्म जितको प्रयास गरेका थिए । कप्तान पारस खड्का, रोहित कुमार पौडेल, करण केसी र सोमपाल कामीले जोरालाई साथ दिन सकेनन् ।

एक ब्याट्सम्यानले जति सुकै राम्रो प्रर्दशन गरेपनि अर्को तर्फबाट तर्फबाट त्यहि अनुसारको साथ पाउँदैन भने स्वयं उक्त खेलाडी पनि दवावमा पर्न सक्छ र एक्लो प्रयास जितको लागि संभव हुँदैन । ४६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै जोरा ५३ रनमा अविजित रहँदै आफ्नो नाममा विश्व रेकर्ड लेखाउदा टोलीको हार भने टार्न सकेनन् । नेपालले यूएईसँग हानुको एक कारण यो पनि हो ।

शीर्ष ब्याट्सम्यानको खराब प्रर्दशन

नेपालका शीर्ष क्रमका कुनै पनि ब्याट्सम्यानले विजयी इनिङ्स खेल्न सकेनन् । सन्दीप जोराले एक्लै ५३ रन बनाउँदा नेपालका शीर्ष ५ ब्याट्सम्यानले बनाएको कुल रन ४० छ । ओपनर प्रदीप ऐरी पहिलो बलमै डक आउट हुँदा ज्ञानेन्द्र मल्ल ७ रनमा पेभिलिएन फर्किए । त्यस्तै निकै आसा गरेका युवा खेलाडी दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले पनि समान ४ रन मात्र जोड्न सके ।

कप्तान पारस खड्काले केहि आसा देखाएपनि लामो समय क्रिजमा टिक्न सकेनन् र २५ रनमा आउट भए । प्रमुख ब्याट्सम्यानले नै राम्रो रन जोड्न सक्दैनन् भने १ सय ५० भन्दा माथिको लक्ष्य पक्ष्याउनै पक्कै तल्लो क्रमका खेलाडीलाई कठिन हुन्छ । त्यसैले नेपालले आज यूएईसँग हार्नुको मुख्य कारण पनि शिर्ष ब्याट्सम्यानको खराव प्रर्दशननै हो ।

मध्य क्रममा नेपालको खराब  बलिङ

नेपालले हार्नुको अर्को कारण मध्य क्रममा खराव बलिङ हो । सुरुवात राम्रो भएपनि मधयम र अन्त्य राम्रो हुन सकेन । सन्दीप लामिछाने,सोमपाल कामी र बसन्त रेग्मिले राम्रो सुरुवात दिलाएका थिए । यूएई ७ ओभरमै ४३/३ को कमजोर अवस्थामा पुगेको थियो । जुन समय यूएई रन जोड्न संघर्ष गर्न थालेको थियो ।

जुन समय नेपाली बलरले एक दुई विकेट अझ छिटो लिन सक्थे भने यूएई पूर्ण रुपमा दवावमा आउने पक्का थियो । तर मोहम्मद उस्मान र शाइमन अनवरले ६१ रनको साझेदारी गर्दै यूएईलाई बलियो लक्ष्यतर्फ लम्काए । साथै अन्तिम ५ ओभरमा आउने ब्याट्सम्यानलाई ठूला शट खेल्न मिल्ने बलियो आधार सिर्जना गरेका थिए । हुन पनि त्यसै भयो ।

१४ ओभरमा १०४-४ को अवस्थामा पुगेको यूएईले अन्तिम ३६ बलमा २ विकेट गुमाउँदै थप ४९ रन जोड्न सफल भयो । जुन लक्ष्य घरेलु टोली यूएईलाई प्रतिस्पर्धा गर्न पर्याप्त थियो । मध्यक्रममा विकेट लिन नसक्नु नेपालको हारको एक कारण हो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.