10 years ago
April 18, 2016
नेपालले त्रीविवी मैदानमा आज भएको दोस्रो खेलमा पनि नामिविया बिरुद जित हसिल गरेको छ । २४०रन को लक्ष्य पाएको नेपालले कप्तान पारस खड्काको शतकिय प्रेरणादाइ इनिङ पश्चात जित हसिल गर्न सफल भएको हो । नेपालले २४० रनको लक्ष्य सात विकेट गुमाउदै हसिल गरेको थियो ।
निकै राम्रो सुरुवात गरेको नामिवियाले पहिलो विकेटको लागि ९५रन को सझेदारी गरेको थियो । ब्याटिङ टिमको लागि सुरुवाती खेलाडी बार्डले ५१ रन प्रहार गरेका थिए र दोस्रो ब्याट्स्म्यान ग्रीनले ४७ रनको योगदान गरे । अन्तिम तिर खतरनाक देखिएका कोट्जेले ११बलमा ३२ रन बनाउदै शक्ती गौचनको बलमा आउट भए । अन्तिम ओभर तिर राम्रो प्रदर्शन गरेको नामिवियाको लागि बर्गरले ४२ रन प्रहार गरेका थिए । नामिवियाले ५० ओभर ब्याटिङ गर्दै ९ विकेट गुमाउदै २३९ रन बनाउन सफल भयो ।
आज नेपालले यु-१९को किपर राजु रिजालको स्थानमा सागर पुनलाई मैदानम उतारेको थियो । नेपालको लागि शक्ती गौचन, बसन्त रेग्मी र सन्दिप लामिछानेले २-२ विकेट लिए । अगिल्लो खेलमा चम्किएका सोम्पाल कामी महँगो साबित भए उन्ले ७ ओभर बलिङ गर्दै ६४ रन खर्चिएका थिए ।
२४० रन को लक्ष्य लिएर मैदानमा आएको नेपालले २४रन मै नरेशको पहिलो विकेट गुमाएको थियो । ज्ञानेन्द्र मल्लपनी टिमको ३७ रन हुँदानै बेक्तिगत २२रन बनाएर पेभोलियनमा फर्किएका थिए । त्यसपछी ब्यटिङ गर्न आएका पारस खड्का र शरद ले १६७को पार्ट्नरशिप गरेपछी नेपाल जिततर्फ लम्किएको थियो । कप्तान पारस खड्काले ९४बल खेल्दै १०३ रन बनाएक थिए । शरद्ले पनि आफ्नो अर्धशतक पुरा गरेका थिए, पारस आउट भएपछी क्रीज मा आएका बिनोद भण्डारीले १२ रन जोडेका थिए । बशन्त रेग्मी र शरद्ले नेपालको इनिङ अन्त्य गरेका थिए । नेपालले अन्तिम ओभरसम्म ब्याटिङ गरेको थियो । पहिलो खेलकै जसरी यो खेलमा पनि बिजय रन शरदले प्रहार गरेका थिए । शरदले १०७ बलमा १०७बलमा ७४ रन प्रहार गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]