default_image

7 years ago

February 2, 2019

नेपाललाई सिरिज बराबरीमा पुर्याउन नायक बनेका तीन खेलाडी

172 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – यूएईविरुद्धको तीन टि–२० श्रृंखलाको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । १ सय ८ रनको लक्ष्य पक्ष्याएको नेपालले ६ विकेट गुमाउँदै ३ बल बाँकी रहँदा पुरा गर्यो । यस जितसंगै ३ खेलको श्रृंखला १–१ को बराबरीको स्थितिमा पुगेको छ ।

आईतबार निर्णायक तथा तेस्रो खेल हुने छ । विजेता टिमले सिरीज पनि जित्ने छ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । नेपालको जितमा उत्कृष्ट प्रर्दशन गर्ने यी ३ खेलाडी :

दिपेन्द्रसिंह ऐरी

शीर्षक्रमका ब्याट्सम्यान कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, सन्दीप जोरा र करण केसी सस्तैमा आउट हुँदा कुनै समय सामान्य लक्ष्यमा पनि नेपालको जित कठिन बनेको थियो । नेपाल ११ ओभरमा ४६–५ को कमजोर अवस्थामा थियो । तर पनि क्रिजमा दिपेन्द्रसिंह ऐरी थिए । सबैले दिपेन्द्रमाथिनै जितको विश्वास राखेका थिए ।

दिपेन्द्रले छैटौं विकेटका लागि डेब्यू ब्वाई पवन सरार्फसँग ५५ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई १०१/५ को अवस्थाा पुर्याए । नेपाललाई अन्तिम ६ बलमा ७ रन आवस्यक थियो । पहिलो बलमै पवन सरार्फ १८ रनमा क्याच आउट हुन पुग्दा दोस्रो बलमा दिपेन्द्रले स्ट्राइक पाए । ऐरीले दोस्रो बलमा जहुर खानलाई सिधा बाउन्ड्रीमा कडा छक्का प्रहार गर्दै खेल बराबरीमा पुर्याए ।

तेस्रो बलमा चौका थर्ड म्यानतर्फ प्रहार गरेपछि नेपाल ४ विकेटले विजयी भयो । सम्रगमा ऐरीले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रनमा नट आउट रहे । दिपेन्द्रनै आजको खेलमा म्यान अफ द म्याच पनि चुनिए । यस अघि ओडीआई सिरीज र पहिलो टि– २० क्रिकेटमा राम्रो प्रर्दशन गर्न नसक्दा आलोचना भई रहेका दिपेन्द्रले आलोचकलाई पनि यसै खेलबाट राम्रो जवाफ दिएका छन् । नेपालको जितमा दिपेन्द्रको प्रर्दशन महत्वपूर्ण रह्यो ।

अभिनास बोहोरा

यूएईलाई सस्तैमा समेट्न तीव्र गतिका युवा बलर अभिनास बोहोराले उत्कृष्ट बलिङ गरे । आफ्नो पहिलो स्पेल लिएर नवौं ओभरमा आएका अभिनासले ४ रन मात्र खर्चेका थिए । उनले त्यसपछि १३ ओभरको चौथो बलमा आमिर हायतलाई ३ रनमा आउट गरे । १५ औं ओभरको तेस्रो बलमा कप्तान मोहम्मद नाविदलाई पनि अभिनासले ज्ञानेन्द्र मल्लबाट क्याच गराउँदै ७ रनमा पेभिलिएनको बाटो देखाए ।

एक तर्फबाट यूएईको विकेट पतन निरन्तर जारी हुँदा अर्को एण्डबाट सि.पि. रिजवानले रन जोडी रहेका थिए । रिजवान अन्तिम ओभर सम्म टिक्नु नेपालको लागि घातक सावित हुन सक्थ्यो । तर अभिनासले १९ औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्काबाट क्याच गराउदै ४४ रनमा आउट गरेपछि यूएई सस्तैमा समेटियो । उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिएका बोहोरा नेपालको जितमा नायक बने । यो बोहोराको दोस्रो अन्तर्राष्ट्रिय टि–२० खेल हो ।

सोमपाल कामी

यूएईलाई दवावमा राख्न सोमपालले सुरुवाती दुई झड्का दिएका थिए । उनले पहिलो ओभरको अन्तिम बलमा अस्फाक अहमदलाई ४ रनमा आउट गरे । त्यस्तै यूएईका अर्का भरपर्दा विकेटकीपर समेत रहेका गुलाम शब्बेरलाई तेस्रो ओभरको तेस्रो बलमा ६ रनमा आउट गर्दा यूएई दवावमा पर्यो । जसको फाइदा मिडिल अडरमा सन्दीप र करण केसीले उठाएका थिए ।

सोमपालले पाँचौ ओभरमा ८ रन खर्चे । लगातार चौथो ओभर बलिङ गर्ने क्रममा उनले आठौं ओभरमा २ रन खर्चिदै आफ्नो बलिङको कोटा सकाए । सोमपालले ४ ओभरमा मात्र १५ रन खर्चेर २ महत्वपूर्ण विकेट लिदै घातक बलिङ गरे । सोमपालले गरेको २४ बल मध्य १५ डट थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.