default_image

5 years ago

February 3, 2019

जोरा र पारसको आक्रामक ब्याटिङ, युएईलाई १ सय ५ रनको लक्ष्य

सुबास हुमागाईं दुबई – जारी युएई विरुद्धको तेस्रो तथा निर्णायक टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको छ । वर्षाले खेल ढिलो सुरु भएको कारण खेललाई १० ओभरमा छोट्याइएको थियो । पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पवन सर्राफ र कप्तान पारस खड्का ओपनिङमा […]

37 views

0 Bookmark

सुबास हुमागाईं

दुबई – जारी युएई विरुद्धको तेस्रो तथा निर्णायक टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको छ । वर्षाले खेल ढिलो सुरु भएको कारण खेललाई १० ओभरमा छोट्याइएको थियो ।

पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पवन सर्राफ र कप्तान पारस खड्का ओपनिङमा आएका थिए । तर पहिलो ओभरको तेस्रो बलमा कुनै रन नजोडी पवन पभेलियन फर्के भने सो ओभरमा नेपालले कुनै रन जोड्न सकेन ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल ९ बलमा ११ रन जोड्दै तेस्रो ओभरमा बोल्ड आउट हुन पुगे । लगत्तै चौथो ओभरमा दोस्रो टी-२० खेलका नायक दीपेन्द्र सिंह ऐरी २ रन जोड्दै आउट भएसँगै नेपाल २३-३ को कठिन स्थितिमा पुगेको थियो ।

त्यसपछि पारसलाई साथ दिन आएका सन्दिप जोरा र पारसको १३ बलमा ३३ रनको आक्रामक साझेदारीद्वारा नेपालको पारीले गति लिएको थियो । कप्तान पारस १४ बलमा २९ रन जोड्दै छैटौं ओभरमा आउट भएका थिए । सोही ओभरमा पारसले १ छक्का र १ चौका समेत प्रहार गरेका थिए ।

नवौं ओभरमा सन्दीप जोरा २८ रनमा आउट भएका थिए । ११ बलको सामना गरेका उनको पारीमा ३ छक्का सामेल थियो ।

१० रन जोडेका करण केसी अन्तिम ओभरमा बाउन्डरीमा उत्कृष्ट क्याचमार्फत आउट भए भने विनोद र सोमपाल पनि अन्तिम दुई बलमा आउट हुन पुगे र सन्दीप लामिछाने अवजित रहे । विनोदले १३ बलमा २१ रन जोडेका उनको पारीमा २ चौका र १ छक्का सामेल थिए ।

ओडिआईमा २-१ को जितपश्चात टि-२० को पहिलो खेल २१ रनले गुमाएको नेपालले दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो ।

तपाईंको विचारमा आजको नतिजा के होला?

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

April 23, 2024

राजस्थानको जितमा यशस्वीको शतक

एजेन्सी – यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि […]

Success

Thank you for your time.