7 years ago
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने महत्वकांक्षी योजना अगाडि सारेको धुर्मुश–सुन्तली फाउन्डेसनलाई चितवन जिल्ला क्रिकेट संघले आर्थिक सहयोग प्रदान गरेको छ ।

भरतपुरमा आइतबार रंगशाला बनाउनका लागि डीपीआर घोषणा कार्यक्रममा चितवन जिल्ला क्रिकेट संघका कोषाध्यक्ष भरत कुँवरले संघका तर्फबाट फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई २ लाख ५५ हजार ५ सय ५५ रुपैंयाको चेक हस्तानतरण गरे ।
झन्डै ३ अर्बको लागतमा भरतपुर महानगरपालिकाले क्रिकेट रंगलशाला उपलब्ध गराएको २० बिघा, ६ कठ्ठा जग्गामा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको आइतबार भरतपुरमा डीपीआर घोषणा कार्यक्रम गरिएको थियो ।
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले धुर्मुश–फाउन्डेसनले यत्रो ठुलो योजना चितवनमै ल्याउदा आफुहरुले सानो सहयोग गरेको जनाए । त्यस्तै जिल्ला क्रिकेट संघका सदस्य सुदिप पियाले फाउन्डेसनलाई संघको पूर्ण सहयोग रहने जनाए । चितवन जिल्ला क्रिकेट संघले यसअघि धनगढीमा क्रिकेट रंगशाला बनाउन ‘ड्रिम फाप्ला’ अभियानमा ५० हजार सहयोग गरेको थियो ।
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]