default_image

7 years ago

February 4, 2019

भद्रगोल बनेको ‘भव्य स्वागत’ !

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टिम संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सिरिज जितेर सोमबार अपरान्ह नेपाल फर्कने कार्यक्रम थियो । टोली निर्धारित समयभन्दा करिब डेढ घन्टापछि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो ।

टोली बाहिरिने बेलासम्म विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष, खेलकुदका उच्च व्यक्तित्व, सयौंको हाराहारीका सञ्चारमाध्यम, नेपाली क्रिकेटका समर्थकको बाक्लो उपस्थिति रहँदा सुरक्षाकर्मीलाई भीडभाड तह लगाउन हम्मेहम्मे बनेको थियो । सबैजना टोली कतिबेला आइपुग्ला भन्ने कौतुहलता मै थिए ।

नेपालको जितमा विजयी जुलुस मनाउन व्यस्त

ऐतिहासिक सिरिज जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले रेड कार्पेट ओछ्याएर भव्य स्वागत गर्ने तयारी गर्यो । जुन खेलकुदमा पहिलोपटक गरिएको नयाँ प्रयोग हो । सञ्चारमाध्यमलाई आगमन कक्षको बाहिरको भाग र समर्थकहरुलाई आगमन कक्षको बाहिर रोडमै राख्ने गरिन्थ्यो । तर, सुरक्षाकर्मीले भीडभाडलाई नियन्त्रण गर्न सक्नु त परैका कुरो को पत्रकार को समर्थक ठम्याउनै सकेनन् । सबैलाई भित्रै हुलिदिए ।

खेलाडीहरु आगमन कक्षबाट बाहिर निस्किए । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, सदस्य–सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पिताम्वर तिम्सिना लगायत क्रिकेटका उच्च व्यक्तिहरुले खेलाडीहरुलाई खादा र फुलमाला लगाएर रेड कार्पेटमा हिडाए । जतिबेला सञ्चारमाध्यमहरु फोटो, भिडियोको लागि व्यस्त बन्दा आम समर्थक पनि मोबाइल तेर्साएर रेडकार्पेटमै पुगेर सेल्फी खिच्न भ्याए । संचारमाध्यमको नाम लिंदै समर्थकहरु भित्र पस्दा स्वागत कार्यक्रमको माहोल नै बिग्रिएको थियो ।

सुरक्षाकर्मीहरु खेलाडीको सुरक्षामा खटिनुभन्दा पनि उच्चपदस्थको सुरक्षामा नै व्यस्त भए । समर्थकले खेलाडीहरुलाई सेल्फी खिच्न तानातान गरिरहँदा सुरक्षाकर्मी मुकदर्शक नै बने । राखेपले भव्य स्वागत गर्ने तयारी गरेपनि भव्य स्वागत ‘भद्रगोल’ स्वागतमा परिणत भयो ।

खेलाडीलाई स्वागतका लागि रेड कार्पेट ओछ्याएर मात्रै पुग्दैन । उनीहरुलाई उत्तिकै सुरक्षा पनि दिनुपर्छ । तर, यसमा स्वागत गर्ने राखेप र सुरक्षा व्यवस्था चुक्यो । नेपालले यूएईविरुद्ध ३ खेलको ओडीआई र ३ खेलकै टी–२० आई समान २–१ ले जितेको थियो । नेपालले दुवैतर्फ पहिलो पटक सिरिज उपाधि हात पारेको हो ।

December 9, 2025

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]

December 9, 2025

विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य, विनोदको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]

December 9, 2025

विराटनगविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल‌ जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]

Success

Thank you for your time.