7 years ago
February 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानलाई टि ट्वान्टी सिरिजमा ४–० ले हराएको नेपाली नेत्रहिन महिला टोली बिहीबार स्वदेश फर्केको छ । ५ मध्ये ४ खेल जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्यलगायतले स्वागत गरेका थिए ।

माघ १२ गते पाकिस्तान पुगेको नेपाली टोली र पाकिस्तानबीचको पाँच टि ट्वान्टीमध्ये दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । बाँकी खेलमा नेपाली टोलीले प्रभावशाली जित हासिल गरेको थियो । नेपाले पहिलो, तेस्रोे र पाँचौं खेल समान १० विकेटले तथा चौथो खेल ९ विकेटले जितेको थियो ।

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एक दिवसिय र टि ट्वान्टी सिरिज जितेर सोमबार स्वदेश फर्केको नेपाली पुरुष क्रिकेट टोलीलाई उल्लेख समर्थक, युवा तथा खेलकुद मन्त्री, राखेप उपाध्यक्ष, सदस्य सचिवलगायतको उपस्थित थियो । बिहीबार नेत्रहिन टोली फर्कदा त्यस्तो दृश्य देखिएन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]