default_image

7 years ago

February 8, 2019

उपाधिमा ह्याट्रिक गर्ने धनगढीको दाउ

161 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) माघ २६ देखी फागुन ११ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुँदैछ । डिपिएलमा ६ शहरका ६ फ्रेन्चाइज टोली रहेका छन् ।

सबै टोलीले उपाधि जित्ने लक्ष्य सहित आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । डिपिएलको विजेताले ३० लाख प्राप्त गर्दा उप विजेताले १२ लाखमा चित्त बुझाउनु पर्ने हुन्छ । तेस्रो स्थानमा रहनेले ४ र चौथो हुनेले २ लाख पाउने छन् ।

फ्रेन्चाइज लिगमा घरेलु टोलीक रुपमा धनगढी स्टार्स रहेको छ । स्टार्सको कप्तानी सोमपाल कामीले गर्नेछन् । घरेलु दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै स्टार्सले उपाधि यात्रामा ह्याट्रिक अर्थात लगातार तेस्रो पटक जित्ने दाउमा छ । यसअघि टिम चौराहा धनगढीको नाममा रहेर सुरुवाती दुई संस्करण जितेको धनगढीले यसपटक टोलीको मालिक पनि परिवर्तन गरेको हो । सम्रगमा टिम पनि बलियो रहेको छ ।

धनगढीका तीन महत्वपूर्ण खेलाडी

सोमपाल कामी (कप्तान) – तीव्र गतिका बलर सोमपाल कामी ब्याटिङमा तल्लो क्रममा ठूला शट प्रहार गर्न सिपालु छन् । लगातार घरेलु लिगमा र राष्ट्रिय टोलीबाट उनको प्रर्दशन उत्कृष्ट छ । केहि दिनअघि यूएईसँगको ओडीआई र टि २० सिरीज जित्न उनको प्रर्दशन उत्कृष्ट रह्यो । यूएईसँगको दोस्रो ओडीआई खेलमा ५ विकेट लिंदै उनी सो उपलब्धि हासिल गर्ने नेपालका पहिलो बलर पनि बने ।

गतवर्ष धनगढीलाई च्याम्पियन बनाउन सोमपालको प्रर्दशन उत्कृष्ट थियो । साथै कप्तानी पनि गज्जवको रहेको थियो । यसपटक पनि धनगढी र फ्यानले सोमपालबाट त्यस्तै आसा राखेका छन् । धनगढीका कप्तान सोमपाल कामी मुख्य खेलाडी हुन् ।

रोहन मुस्तफा – यूएईका कप्तान रोहन मुस्तफा धनगढी स्टार्सका प्रमुख खेलाडीमध्यमा पर्छन् । गतवर्ष धनगढीलाई च्याम्पियन बनाउन मुस्तफाले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए । उनी म्यान अफ द सिरीज पनि बनेका थिए । मुस्तफाले सोमपाललाई पनि कप्तानीमा राम्रो सहयोग गर्ने गर्दछन् ।

रोहन मुस्तफा

मुस्तफाले ८ हप्ताको प्रतिबन्धको कारण नेपालसँगको ओडीआई र टि२० श्रृंखला गुमाएका थिए । मुस्तफालाई नेपाली घरेलु लिग पछिल्लो समय नियमित जस्तै बनिसकेको छ । नेपालको चर्चित तीन फ्रेन्चाइज लिग ईपीएल, डिपिएल र पिपिएल नियमित रुपमा खेल्दै आएका छन् । उनको प्रर्दशन पनि उत्कृष्ट रहेको छ । मुस्तफाको उत्कृष्ट प्रर्दशनमा धनगढीले सहज जित हात पार्न सक्छ । मुस्तफा धनगढीका मुख्य हतियार हुन् ।

पवन सर्राफ – अलराउण्डर सर्राफ स्पिन बलिङ साथै ओपनर र मध्यक्रम दुवैमा ब्याटिङ गर्ने सक्छन् । ललितपुरलाई उपाधि जिताउन ईपीएलमा सर्राफले उत्कृष्ट प्रर्दशन गरेका थिए । यूएईसँगको ओडीआई र टि२० सिरीजमा पनि पवन पहिलो रोजाईमा खेलेका थिए । पवनको अलराउण्डर प्रर्दशनमा धनगढीलाई उपाधि जित्न सहज हुन सक्छ ।

सुनिल धमला र अमित श्रेष्ठको उत्कृष्ट ओपनिङ जोडी पुन: देख्न पाइनेछ । हिटर सौरभ खनाल पनि धनगढीमा नै छन् । राजु रिजाल र सन्दीप रजाली पनि मिडिल अडरमा विश्वास गर्न सकिन्छ । दिपेश श्रेष्ठ पनि तीव्र गति बलिङमा भरपर्दा नाम हुन् ।

धनगढी स्टार्स टोली : सोमपाल कामी (कप्तान), पवन सर्राफ, सुनील धमला, सौरभ खनाल, दिपेश श्रेष्ठ, अमित श्रेष्ठ, विपिन खत्री, हरि बहादुर चौहान, राजु रिजाल, रोबिन क्षेत्री, सन्दिप रजाली, धिरज शाही, कृष्ण ऐर, रोहन मुस्तफा (यूएई) ,सागर त्रिबेदी (भारत)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.