default_image

10 years ago

April 21, 2016

मुम्बईको जितमा शर्माको अर्धशतक

142 views

0 Bookmark

मुम्बई (एजेन्सी) -कप्तान रोहित शर्माको अर्धशतकिय पारीसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार रोयल च्यालेन्र्जस बैंगलोरलाई ६ विकेटले हराएको छ ।  
टस हारेर पहिले ब्याटिडको निम्तो पाएको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर बनाएको १ सय ७० रनलाई पनि जोगाउन सकेन ।
कप्तान शर्माको शानदार ब्यािट्डमा मुम्बईले ४ विकेट गुमाएर १२ बल अघि नै खेल आफ्नो पक्षमा पारेको थियो ।

मुम्बईका कप्तान रोहित शर्मा ब्याटिड् गर्दै ।

मुम्बईका कप्तान रोहित शर्मा ब्याटिड् गर्दै ।

मुम्बई र दिल्ली डेर डेभिल्सको समान ४ अंक पुगेको छ भने कोलकाता नाइट राइर्डर र गुजरात लायन्सको समान ६ अंक छ । अर्का ओपनर पार्थिव पटेल (५) छिट्टै आउट भएपनि अर्का ओपनर शर्माले अम्बाटी रायडुसँग दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । शर्माले ४ चौका र ३ छक्कासहित ६२ रन बनाए । रायडुले २३ बmमा ५ चौकाका ३१ रन बनाए । केरोन पोलार्डले १९ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४० रन बनाएपछि मम्ूबईको जित सजिलो बनेको थियो । हार्दिक पाण्डेले २ र बनाएर पोलार्डलाई साथ दिए । त्यसअघि जोस बटलरले २८ रन जोडे । बैंगलोरका इकवाल अब्दुल्लाले ३ विकेट र काने रिचर्डसनले १ विकेट लिए ।
त्यसअघि सामूहिक प्रदर्शनमा बैंगलोर सन्तोषजनक योगफल तयार पारे पनि जोगाउन सकेन । टोलीका लागि ओपन विराट कोहलीले ३३, लोकेश राहुलले २३, एबी डि भिलियर्सले २९, तर्भिस हेडले ३७ र सरफराज खानले २८ रन बनाएका थिए । मुम्बईका जसप्रिपत बुम्राहले ३ , क्रुनाल पाण्डेले २ र मिचेल म्याक्लिघनल १ विकेट लिए । आइपिएलमा बिहीबार गुजरात लायन्स र सनराइजर्स हैदरबादबीच प्रतिस्पर्धा हुनेछ । आइपिएलमा बिहीबार गुजरात लायन्स र सनराइजर्स हैदरबादबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.