default_image

7 years ago

February 12, 2019

रुपन्देहीको लगातार दोस्रो जित

180 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी पुनित मेहेराको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो खेलमा विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित निकालेको छ ।

विराटनगरले दिएको ९४ रनको लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । रुपन्देहीले सहज जित दिलाउन आक्रमक रुपमा ब्याटिङ गर्दै पुनितले २७ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४६ रनको महत्वपूर्ण योगदान दिए । पुनितलाई १३ ओभरको दोस्रो बलमा अभिनास यादवले कप्तान करण केसीबाट क्याच गराए ।

त्यस्तै बाबर हायतले २३ बलमा समान १ चौका र छक्का प्रहार गर्दै १७ रनमा आउट भए । बसन्त रेग्मि ८ र भिम सार्की १२ रनमा अविजित रहे ।

रुपन्देहीको पनि सुरुवात खराब रह्यो । पहलो ओभरको दोस्रो बलमै खाता नखोली ओपनर सन्दीप सुनार पेभिलिएन फर्के । तेस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर प्रदीप ऐरी २ रनमा आउट भए । प्रदीपलाई शुशनले आर्फै क्याच लिएका थिए । विनोद भण्डारी ७ रनमा आउट भए ।

विराटनगरका लागि भारतीय बलर अभिनास यादवले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । त्यस्तै साम्सद शेख,करण केसी र सुसन भारीले समान एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको ९३ क्षतिमा रन बनायो । विराटनगरका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

सुरुवात विराटनगरको पनि खराव रह्यो । पहिलो ओभरको अन्तिम बलमा ओपनर हरि शंकर शाहलाई ललितसिंह भण्डारीले पुनित मेहेराबाट क्याच गराए । तेस्रो ओभरको पाँचौ बलमा ललितले आशिफ शेखलाई ८ रनमा बोल्ड आउट गरे । आक्रमक रुपममा रन बनाई सकेका अशाद उल्ला खानलाई पाँचौ ओभरको चौथो बलमा भिम सार्कीले उत्कृष्ट क्याच लिदै १६ रनमा पेभिलिएनको बाटो देखाएपछि विराटनगर सुरुमै धरमराएको थियो । खानले १२ बलमा २ छक्का प्रहार गरे ।

१० औं ओभरको तेस्रो बलमा १६ बलमा ४ रन बनाई खेली रहेका पृथु बाँस्कोटालाई पुनितले एलबीडब्लू आउट गरेपछि विराटनगर ४१-४ को अवस्थामा पुगेको थियो । विराटनगरको तल्लो क्रममा पनि विकेट पतन निरन्तर जारी रह्यो । सुवास ऐर ९, साम्सद शेख १०, अभिनास यादव ७, कुशल भुर्तेल १२, कप्तान करण केसी २ रनमा आउट हुँदा राजेश पुलामी मगर १७ रनमा नट आउट रहे ।

रुपन्देहीका लागि पुनित मेहेराले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै ललितसिंह भण्डारीले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट लिए । कप्तान वसन्त रेग्मिले २ तथा विक्रम शोब र कृष्ण कार्कीले समान १-१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.