default_image

7 years ago

February 14, 2019

वर्षा बाधक बनेपछि विराटनगर र महेन्द्रनगरले अंक बाँडे

139 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को आठौं खेलमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाको कारण रद्द भएको छ । यससँगै दुवै टोलीले १-१ अंक बाँडेका छन्  ।

टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएको अवस्थामा ८२ रन जोड्दा खेल रोकिएको थियो । निरन्तर वर्षा भएपछि खेल सुचारु हुन सकेन । यससँगै विराटनगरको ३ खेलमा ३ अंक तथा महेन्द्रनगरको ३ खेलमा १ अंक भएको छ ।

वर्षा हुनुअघि खेलमा विराटनगरका कुनैपनि ब्याट्सम्यान राम्रो प्रर्दशन गर्न सकेनन् । करण केसी ९ र साम्सद शेख १ रनमा अविजित छन् । चौथो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई सागर ढकालले अभिनास बोहोराबाट क्याच गराउँदै खाता खोल्न नदिई पेभिलिएन फर्काए । छैटौं ओभरको पाँचौ बलमा असद उल्लाह खान १९ रनमा कुशल मल्लको रन आउटको शिकार भए । २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेललाई शरद भेषवाकरले ३ रनमा नर आउट गराए । लगतै यसै ओभरको पाँचौ बलमा हरि शंकर शाह ५ रनमा क्याच आउट भएपछि विराटनगर केहि दवावमा परेको थियो । १६ ओभरको दोस्रो बलमा पृथु वास्कोटाले १४ र अर्को बलमा तृथ दास १२ रनमा क्याच आउट भए । अभिनास यादव पनि १३ रनमा रन आउट भए । विराटनगरका ब्याट्सम्यानमा रन जोड्दा तालमेल गर्न नसक्दा रन आउट हुनुको साथै खराव शट खेल्दा क्याच आउटको शिकार बनेका थिए ।

महेन्द्रनगरका लागि सागर ढकालले ४ ओभरमा १ मेडन सहित २१ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नाविदले १ विकेट हात पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.