7 years ago
February 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सरकारले हालै संयुक्त अरब इमिरेट्स (युएई) सँगको वान डे र टि ट्वान्टी सिरिज जित्ने नेपाली क्रिकेट टोलीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । तीन वान डे र तीन टि ट्वान्टी समान २–१ ले जितेर १० दिन अघि स्वदेश फर्केको नेपाली टोलीले वान डे मान्यता पाएयता जितेको पहिलो श्रृखंला थियो ।

मन्त्री परिषद्को माघ २५ गते बसेको बैठकेले क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ , प्रशिक्षकलाई ३ लाख र टोलीका अन्य सदस्यलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जनाएका छन् ।
क्रिकेट टोलीसँगै सरकारले झन्डै तीन वर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्ने नेपाली यू २३ फुटबल टोलीका सदस्यलाई थप ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । सरकारले यसअघि फुटबल टोलीका सागका अन्य पदक विजेता खेलाडीका साथ जनही २ लाख रुपैयाँ उपलब्ध गराएको थियो । तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले सागमा स्वर्ण जित्ने फुटबल टोलीका सदस्यलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । सन् २०१६ मा नेपालले भारतलाई हराउँदै सागको उपाधि जितेको थियो ।
मन्त्री परिषद्ले शारीरिक सुगठनका विश्व विजेता महेश्वर महर्जन ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । क्रिकेट, फुटबल र शारीरिक सुगठनका खेलाडीलाई गरि सररकाले १ करोड ५६ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]