default_image

7 years ago

February 17, 2019

एकै खेलको नतिजाले तीन टोलीको प्लेअफ भविष्य !

134 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा आईतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरियाबीच फाप्ला क्रिकेट मैदानमा ९ बजेपछि खेल सुरु हुने छ ।

शरद भेषवाकर कप्तान रहेको महेन्द्रनगरको अघिल्लो चरण निकै कठिन अवस्थामा छ । आजको खेलमा फराकिलो अन्तरले जित निकाल्न सके र अन्य टोलीको नजिता आफु अनुकुल आउन सकेमात्र महेन्द्रनगरको प्ले अफको झिनो अंकगणीतिय सम्भावना देखिन्छ । सूरुवती चार खेलमा महेन्द्रनगर जितविहिन छ ।

महेन्द्रनगर आजको खेलमा पराजित भए अत्तरियासँगै रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्स पनि सोझै प्लेअफ पुग्ने छन् । महेन्द्रनगरको चार खेलमा दुई अंक मात्र छ । आजको खेल हारे २ नै हुने छ । धनगढी बाहिरी सक्दा काठमाडौं प्ले अफमा पुगिसकेको छ । रुपन्देही, विराटनगर र अत्तरियाको समान चार चार अंक रहँको अवस्थामा महेन्द्रनगर पराजित हुँदा यी तीनै टोली सोझै प्ले अफमा पुग्ने छन् ।

रुपन्देहीसँग २ र काठमाडौंसँग ७ रनले पराजित भएको महेन्द्रनगर वर्षाको कारण विराटनगर र धनगढीसँग अंक बाड्ंन बाध्य बन्यो । जारी प्रतियोगितामा महेन्द्रनगरबाट सागर ढकाल,मोहम्मद नाविद, अभिनास बोहोरा र अमरसिंह राउटेलाको प्रर्दशन उत्कृष्ट रहँदा अन्यको सन्तोषजनक छैन । कागजी रुपमा सबैभन्दा बलियो टिम महेन्द्रनगरले मैदानमा भने कमजोर प्रर्दशन गरेको छ ।

यता युवा खेलाडीले भरिएको दिपेन्द्रसिंह ऐरी कप्तान रहेको अत्तरिया प्लेअफ नजिक छ । बाँकी तीन खेल मध्य १ खेल जितेमात्र प्ले अफमा स्थान बनाउने छ । पहिलो खेलमा धनगढीलाई ५ रनले हराएको अत्तरियाले रुपन्देहीलाई ३९ रनले पराजित गरेको थियो । आजको खेलमा विजयी भए अत्तरिया दुई खेल अगावै शीर्षस्थानमा रहेर प्ले अफमा पुग्ने छ । कागजी रुपमा केहि कमजोर देखेपनि मैदानमा भने अत्तरियाले अन्य टोलीको तुलनामा मैदानमा बलियो प्रर्दशन गरेको छ । अत्तरियाका कप्तान दिपेन्द्रसहित, सन्नी पटेल, भुवन कार्की, दिपेन्द्र रावतको प्रर्दशन जारी प्रतियोगितामा उत्कृष्ट छ ।

त्यस्तै आजको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स भिड्ने छन् । काठमाडौं दुई खेल अगावै प्ले अ‍ेफमा पुगि सकेको छ । काठमाडौं शिर्ष दुईमा रहेर प्लेअफ खेल्नको लागि आजको खेल जित्ने पर्ने दवाव हुने छ । काठमाडौंले पहिलो खेलमा धनगढीलाई ४ विकेटले हराउँदा महेन्द्रनगरलाई ७ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने वर्षा बाधक बन्दा विराटनगरसँग अंक बाड्यो । काठमाडौंबाट जारी डिपिएलमा नन्दन यादव, अंकित दवास, राशिद खान, योगेन्द्रसिंह कार्कीले राम्रो प्रर्दशन गरि रहेका छन् ।

यता बलियो रुपन्देही आजको खेलमा जित निकाले एक खेल अगावैं प्ले अफमा स्थान बनाउने छ । वसन्त रेग्मी कप्तान रहेको रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगरमाथि २ रनको रोमान्चक जित हात पारेको थियो । दोस्रो खेलमा विराटनगरलाई ५ विकेटले हराउँदा अत्तरियासँग ३९ रनले पराजित हुन पुग्यो । बिक्रम शोव, कृष्ण कार्की, भीम सार्की, पुनित मेहरा, वसन्त रेग्मी, सुमित महर्जनको प्रर्दशन जारी डिपिएलमा राम्रो रहेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.