default_image

7 years ago

February 17, 2019

महेन्द्रनगरलाई ६ अोभरमा ५५ रन आवश्यक

96 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को ११ औं खेलमा आईतबार सीवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ५५ रनको लक्ष्य दिएको छ ।

अघिल्लो दिनको निरन्तर वर्षाले मैदान गिलो हुँदा निकै ढिला सुरुभएको खेल ६ ओभरमा घटाईएको थियो । टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले ६ ओभरमा ५ विकेटको क्षतिमा ५४ रन बनायो ।

अत्तरियाका लागि ओपनर सन्नी पटेलले ११ बलमा २ छक्का सहित १९ रनमा आउट भए । जय किशन कोल्सावालाले १० रन बनाए । सन्दीप जोरा ४ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी १० रनमा आउट भए । भुवन कार्की र रित गौतम समान ४ रनमा अविजित रहे ।

अत्तरियाले पहिलो र दोस्रो ओभरमा समान ११ रन जोड्यो । तेस्रो ओभरको चौथो बलमा सागर ढकालले सन्नी पटेललाई विकेटकीपर दिलिप नाथबाट क्याच गराए । लगतै पाँचौ बलमा सागरले अर्का ओपनर कोल्सावालालाई रोहित कुमार पौडेलबाट क्याच गराए । अत्तरिायले तेस्रो ओभरमा २ विकेट गुमाउँदै ९ रन जोड्यो । चौथो ओभरमा ५ रन जोड्यो ।

पाँचौ ओभरको पहिलो बलमै जोरा क्याच आउट भए । अभिनास बोहोराले आरिफ शेखबाट क्याच गराए । लगतै यसै ओभरको तेस्रो बलमा कमलसिंह ऐरी शून्यमा क्याच आउट भए । अत्तरियाले पाँचौ ओभरमा दुई विकेट गुमाउँदै ८ रन जोड्यो । अन्तिम ओभरमा १ विकेट गुमाउँदै १० जोड्न सफल भयो ।

महेन्द्रनगरका सागर ढकालले १ ओभरमा ९ रन खर्चेर दुई विकेट लिए । त्यस्तै अभिनास बोहोराले २ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । शरद भेषवाकरको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.