7 years ago
February 17, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले विग ब्यासको फाइनल खेलमा नाटकीय हार ब्योहोरेको छ ।

आइतबार फाइनल खेलमा स्टार्स मेलवर्न रेडेगर्ससँग १३ रनले पराजित भएको छ । १ सय ४६ रनको लक्ष्य पक्ष्याउने क्रममा स्टार्सले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो । कुनै समय ओपनर मार्कस स्टोइनिस र बेन डंकले १३ ओभरमा ९३ रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । ९३-१ को अवस्थामा रहेको स्टार्स १८ ओभरमा ११२-७ क को अवस्थामा पुगेको थियो ।
५ ओभरमा १९ रन जोड्न ६ विकेट गुमाएपछि स्टार्स उपाधि जित्न चुकेको हो । स्टोइनिसले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे । त्यस्तै बेनले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्समयानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । एडम जाम्पा १७ रनमा अविजित रहे । रेनेगेड्सकालागि क्रिस,डायनियल क्रिस्टिय र क्यामरन ब्वाइस समान दुई विकेट हात पारे ।
त्यस अघि टस हारेर पहिला बलिङ थालेको मेलवर्न रेनेगड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । खराव सुरुवात गरेको रेनेगड्सका लागि डानियल क्रिष्टियन र टम कपुरले अविजित ८० रनको साझेदारी गर्दै सम्मानजनक लक्ष्यसम्म पुर्याए । कपुरले ३५ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४३ रनमा अविजित रहे ।
त्यस्तै क्रिष्टियनले ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३८ रनमा नट आउट रहँदै इनिङ उकासे । अन्य ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । मेलवन स्टासका लागि जक्सन बर्ड र एडम जाम्पाले समान दुई दुई विकेट लिए । सन्दीपले ४ ओभरमा १६ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । सन्दीपले यस सिजनको विग ब्यासमा ८ खेल खेल्दै ११ विकेट आफ्नोे नाममा लेखाए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]