7 years ago
February 17, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा महेन्द्रनगर युनाइटेडले सिवाईसी अत्तरियालाई ७ विकेटले पराजित गरेको छ ।

वर्षाको कारण ६ ओभरमा घटाईएको खेलमा ५५ रनको लक्ष्य पक्ष्याएको महेन्द्रनगरले ३ विकेटको क्षतिमा दुई बल अगाडी पुरा गर्यो । योसँगै महेन्द्रनगरको झिनो प्ले अफको संभावना बाँकीनै रहेको छ । अन्य टोलीको नतिजा आफु अनुकुल आउन सके महेन्द्रनगर नाटकीय रुपमा प्ले अफमा पुग्ने छ ।
महेन्द्रनगरको सहज जितमा आरिफ शेखले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा अविजित रहे । कुशल मल्ले पनि ६ रन बनाउदै राम्रो साथ दिए । महेन्द्रनगरका लागि आन्नद ९ बलमा २ चौका र १ छक्का सहित १७ रन बनाए । मोहम्मद नाविद ६,कप्तान शरद भेषवाकर ५,महेन्द्रनगरले पहिलो ओभरमा १३ रन बटुल्यो । दोस्रो ओभरमा ८ रन जोड्न सक्यो ।
तेस्रो ओभरमा १० रन बनायो । चौथो र पाँचौ ओभरमा समान ११ रन जोडेपछि महेन्द्रनगरको जित सहज बनेको थियो ।अत्तरियाका भुवन कार्कीले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । दिपेन्द्र राउतले पनि १ विकेट लिए ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले ६ ओभरमा ५ विकेटको क्षतिमा ५४ रन बनायो ।अत्तरियाका लागि ओपनर सन्नी पटेलले ११ बलमा २ छक्का सहित १९ रनमा आउट भए । जय किशन कोल्सावालाले १० रन बनाए । सन्दीप जोरा ४ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी १० रनमा आउट भए । भुवन कार्की र रित गौतम समान ४ रनमा अविजित रहे ।
अत्तरियाले पहिलो र दोस्रो ओभरमा समान ११ रन जोड्यो । तेस्रो ओभरको चौथो बलमा सागर ढकालले सन्नी पटेललाई विकेटकीपर दिलिप नाथबाट क्याच गराए । लगतै पाँचौ बलमा सागरले अर्का ओपनर कोल्सावालालाई रोहित कुमार पौडेलबाट क्याच गराए । अत्तरिायले तेस्रो ओभरमा २ विकेट गुमाउँदै ९ रन जोड्यो । चौथो ओभरमा ५ रन जोड्यो ।
पाँचौ ओभरको पहिलो बलमै जोरा क्याच आउट भए । अभिनास बोहोराले आरिफ शेखबाट क्याच गराए । लगतै यसै ओभरको तेस्रो बलमा कमलसिंह ऐरी शून्यमा क्याच आउट भए । अत्तरियाले पाँचौ ओभरमा दुई विकेट गुमाउँदै ८ रन जोड्यो । अन्तिम ओभरमा १ विकेट गुमाउँदै १० जोड्न सफल भयो ।
महेन्द्रनगरका सागर ढकालले १ ओभरमा ९ रन खर्चेर दुई विकेट लिए । त्यस्तै अभिनास बोहोराले २ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । शरद भेषवाकरको नाममा १ विकेट रह्यो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]