default_image

7 years ago

February 17, 2019

काठमाडौंले रुपन्देहीलाई दियो १ सय ३४ रनको लक्ष्य

110 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को १२ औं खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनायो । काठमाडौंका लागि भारतीय खेलाडी अंकित दवासले उत्कृष्ट ब्याटिङ गरे । १८ ओभरको चौथो बलमा पुनित मेहराले बाबर हायतद्धारा क्याच गराउनु अघि अंकितले ४० बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ४३ रनको महत्वपूर्ण पाली खेले । ओपनर अनिल कुमार शाहले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाउदै काठमाडौंलाई मध्यम सुरुवात दिलाएका थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल १२ र गौरभ तोमर ८ रनमा आउट भए । मध्यम सुरुवात गरेको काठमाडौंलाई चौथो विकेटका लागि महवुव आलम र अंकित दवासले ३३ रनको साझेदारी गर्दै इनिङ उकासे । १५ ओभरको दोस्रो बलमा अनिल खरेलले प्रदीप ऐरीबाट क्याच आउट गराउनु अघि १४ बलमा १ छक्का हान्दै ११ रन जोडे । त्यस्तै अन्तिम ओभरमा राशिद खानले आक्रमक रुपमा ब्याटिङ गर्दै ५ बलमा २ चौका र १ छक्का सहित १४ रनमा अट आउट रहे । योगेन्द्रसिंह कार्की १३ रनमा क्याच भए ।

रुपन्देहीका युवा खेलाडी अनिल खरेलले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चिदै २ विकेट लिए । बिक्रम शोव र पुनित मेहराले समान दुई विकेट लिदा ललित सिंह भण्डारीले एक विकेट लिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.