7 years ago
February 17, 2019
धनगढी (हाम्रो खेलकुद) – रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को १२ औं खेलमा काठमाडौं गोल्डेन्ससँग लज्जास्पद हार बेहोरेको छ ।

आइतबार भएको खेलमा रुपन्देही काठमाडौंसँग १ सय रनले पराजित भएको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.१ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियोे । जारी डिपिएलमा यो सबै भन्दा कम स्कोर हो ।
जारी डिपिएलमा काठमाडौंको यो सर्वाधिक फराकिलो अन्तरको जित पनि हो । लक्ष्य पक्ष्याउने क्रममा ९.१ ओभरमा रुपन्देही २१-७ को दयनिय अवस्थामा पुगेको थियो । रुपन्देहीका कुनै पनि ब्याट्समयानले दोहोरो अंकमा रन जोड्न सकेनन् । रुपन्देहीका लागि सुमित महर्जनले बनाएको ५ रन नै सर्वाधिक रन बन्न पुग्यो ।
पहिलो विकेटका रुपमा तेस्रो ओभरको तेस्रो बलमा नन्दन यादवले सन्दीप सुनारलाई ३ रनमा बोल्ड आउट गरे । पाँचौ ओभरको दोस्रो बलमा प्रदीप ऐरीलाई विकेट किपर अनिल कुमार शाहले ४ रनमा रन आउटको शिकार बने । लगतै दुई बलपछि नन्दनले भिमसार्कीलाई शून्यमा पेभिलिएन फर्काए । छैटौं ओभरको चौथो बलमा बाबर हायत ३ रनमा ललित नारायण राजवंशीले गौरभ तोमरबाट क्याच गराए । लगतै यसै ओभरको अन्तिम बलमा ललितले विनोद भण्डारीलाई शून्यमा बोल्डगरेपछि रुपन्देहीको जितको संभावना सकिएको थियो । रुपन्देहीको विकेट निरन्तर गुमि रह्यो ।
भारतीय खेलाडी पुनित मेहरा ३ रनमा आउटभएपछि रुपन्देहीले ५० रन पनि नकटाउने अवस्थामा पुगेको थियो । विक्रम शोव ३,सुमित महर्जन ५ बसन्त रेग्मि २ रनमा आउट भए । नन्दन यादवले ३.१ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ललितसिंह राजवंशी र सुर्य तामाङले समान दुई विकेट लिदा अंकित दवास र योगेन्द्रसिंह कार्कीको नाममा समान एक एक विकेट रह्यो ।
त्यस अघि टस जितेर ब्याटिङ थालेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनायो । काठमाडौंका लागि भारतीय खेलाडी अंकित दवासले उत्कृष्ट ब्याटिङ गरे । १८ ओभरको चौथो बलमा पुनित मेहराले बाबर हायतद्धारा क्याच गराउनु अघि अंकितले ४० बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ४३ रनको महत्वपूर्ण पाली खेले । ओपनर अनिल कुमार शाहले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाउदै काठमाडौंलाई मध्यम सुरुवात दिलाएका थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल १२ र गौरभ तोमर ८ रनमा आउट भए । मध्यम सुरुवात गरेको काठमाडौंलाई चौथो विकेटका लागि महवुव आलम र अंकित दवासले ३३ रनको साझेदारी गर्दै इनिङ उकासे । १५ ओभरको दोस्रो बलमा अनिल खरेलले प्रदीप ऐरीबाट क्याच आउट गराउनु अघि १४ बलमा १ छक्का हान्दै ११ रन जोडे ।
त्यस्तै अन्तिम ओभरमा राशिद खानले आक्रमक रुपमा ब्याटिङ गर्दै ५ बलमा २ चौका र १ छक्का सहित १४ रनमा अट आउट रहे । योगेन्द्रसिंह कार्की १३ रनमा क्याच भए ।रुपन्देहीका युवा खेलाडी अनिल खरेलले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चिदै २ विकेट लिए । बिक्रम शोव र पुनित मेहराले समान दुई विकेट लिदा ललित सिंह भण्डारीले एक विकेट लिए ।
यो जितसँगै काठमाडौं ४ खेलमा ७ अंक जोड्दै शिर्ष स्थानमा यथावत रहेको छ । काठमाडौं शिर्ष दुई भित्र रहेर प्ले अफ खेल्ने निश्चित भएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]