default_image

7 years ago

February 17, 2019

डिपिएलमा रन खडेरी : गैरजिम्मेवारी ब्याटिङ र खराब शटको उपज

141 views

0 Bookmark

भुपेन्द्र जी.सी, धनगढी

तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)मा भिम सार्कीले हावामा डाइभ मार्दै असद उल्लाह खानको लिएको क्याचले प्रशंसा नेपालमा मात्र नभएर विश्वभरबाट भई रहेको छ ।

सीवाईसी अत्तरियाका दिपेन्द्रसिंह ऐरी

डिपिएलमा हाल सम्म समुह चरणका १२ खेल सकिएका छन् । अव समुह चरणका ३ खेल हुन बाँकी छ । जसबाट अन्य ३ तीन टोलीको प्लेअफको टुङ्गो लाग्दा १ टोली बाहिरिने छ । काठमाडौं गोल्डेन्सले प्ले अफमा पुग्दा साविक विजेता धनगढी एक खेल अगाडीनै समुह चरणबाटै बाहिरिएको छ । ९ खेलको नतिजा निस्कँदा ३ खेलमा वर्षा बाधक बन्यो । हालसम्म ३ अर्धशतक बनेका छन् । १ सय ३४ सर्वाधिक रन बन्दा सबै भन्दा कम रन ३३ रहेको छ । सर्वाधिक ७६ रनको साझेदारी बनेको छ ।

ओपनर जोडीको उच्च साझेदारी ३२ रन हुँदा बलिङमा एकै पालीमा ४ विकेट व्यक्तिगत उच्च छ । फाप्लामा पहिलो पटक डिपिएलको खेल भइरहेको छ । यस अघि दुवै संस्करणको खेल संघिय प्रहरी इकाइ मैदानमा भएको थियो । स्पिनरहरुलाई राम्रो साथ मिलेको फाप्लामा बल राम्रोसँग टर्न भइरहेको छ । तीब्र गतिका बलरलाई भन्दा स्पिनरलाई राम्रो साथ मिलेको देखिन्छ । हालसम्म १ सय रनको सुरुवाती योगफल पनि सुरक्षित देखिएको छ ।

डिपिएलमा बनेको तीन अर्धशतक मध्य दुई नेपाली र एक विदेशी खेलाडीको नाममा छ । सिवाईसी अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले जारी डिपिएलमा सर्वाधिक ६७ रन बनाएका छन् । भीम सार्कीको क्याच,दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतक, सुवास ऐरको ब्याटिङले चर्चा बटुल रहँदा त्यो भन्दा बढि फाप्लाको मैदानमा रनको खडेरीलाई लिएर अनेक व्याख्या विश्लेषण चलिरहेको छ । जारी डिपिएलमा खराव सट,धैयर्ताको कमी,गैरजिम्मेवारी ब्याटिङ, हरेक बलमा ठूला सटको प्रयास, एक-दुई रन कुद्ने कमी, रन लिने क्रममा तालमेलको कमी र कमजोर मनोबललाई रन नबन्नुको मुख्य कारण मानिएको छ ।

काठमाडौं गोल्डेन्सका अंकित दबास

विदेशी खेलाडी पुनित मेहरा, सन्नी पटेल, अंकित दवासले राम्रो प्रभाव जमाइरहेका छन् । गौरभ तोमर र रोहन मुस्तफाको प्रर्दशन सन्तोषजनक छैन । प्राय ब्याट्सम्यानले डट बलको अत्याधिक सामना गरेको देखिन्छ । रन भन्दा बढि बल खाई आउट हुने ब्याट्सम्यान पनि त्यतिनै छन् । फाप्लामा रन बन्दैन भनि रहेको बेला अकिंत दवासले आक्रमक रुपमा ६५ रन जोडे । विदेशी खेलाडीले मात्र रन बनाउन सक्छन् भन्ने धारणालाई गलत सावित गर्दै अत्तरियाका कप्तान दिपेन्द्रले त्यो भन्दा सानादर प्रर्दशन गरे ।

दिपेन्द्रले अर्धशतक बनाएपछि भने, ‘स्पिनरहरुको बल टर्न भइरहेको छ,मैले सटमा विकल्प लिँदै रिभर र स्विप सट प्रयोग गर्दा म रन बनाउन सफल भए ।’

त्यस्तै डिपिएलमा पहिलो पावर प्लेमै प्राय हरेक टिमको दुई-तीन विकेट गुमिरहेको छ । जसको दबाब सोझै मध्यक्रमका ब्याट्सम्यानलाई परेको छ । आईतबार काठमाडौं विरुद्ध रुपन्देहीले पहिलो ६ ओभरमा १२ रन जोड्दा ५ विकेट गुमाएको थियो । जसले गर्दा टोली ३३ रनको लज्जास्पद स्कोरमा समेटियो । कप्तान सोमपाल कामी पनि यो कुरामा सहमत छन् । सुनिल धमला, रोहन मुस्तफाजस्ता भर गरेको खेलाडी सस्तैमा आउट हुँदा टोलीलाई रन बनाउन कठिन भइरहेको सोमपाल बताउँछन् ।

पुनित मेहेरा

हाल डिपिएलमा काठमाडौंका ओपनरको रुपमा अनिल कुमार शाह र गौरभ तोमरले ३२ रनको साझेदारी उच्च हो । जुन साझेदारीले धनगढीले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य पक्ष्याएको थियो । राम्रो लक्ष्य बनाउन र ठूलो लक्ष्य पक्ष्याउन ओपनर साझेदारी राम्रो हुनपर्छ भन्ने प्रस्ट हुन्छ । जुन विना ठूलो स्कोर बन्न सक्दैन । घरेलु मात्र होइन,राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा पनि राम्रो रनको लागि ओपनरको साझेदारी आवश्यक छ ।

जारी डिपिएलमा पनि पहिलो ६ ओभर भित्रै २,३ विकेट गुमि रहेको छ । जसको कारण पनि अन्य ब्याट्समयान दवावमा परेको अनुमान गर्न सकिन्छ । हरेक ब्याट्सम्यान ठूला ठूला सट धेरै प्रहार गर्न खोजिरहेका छन् । जसको कारण धेरै क्याच र केहि बोल्ड आउट हुन पुगेका छन् ।

पछिल्लो खेलमा ९६ रनको लक्ष्य पछ्याउँदा धनगढी ९० रनमै समेटियोे । धनगढीका अधिकांश ब्याट्समयान ठूला सट खेल्दै खेल छिटो सकाउन खोज्दा जिति सकेको खेल पनि हारे । अत्तरियाले प्रस्तुत गरेको १ सय २२ रनको लक्ष्य पक्ष्याउने क्रममा रुपन्देही ८२ रनमै समेटियो । हारपछि कप्तान वसन्त रेग्मीले आफ्ना ब्याट्सम्यानको खराब सट र गैरजिम्मेवार ब्याटिङको कारण खेल हारेको बताए ।

टि-२० मा डट जति धेरै हुन्छ दवाव पनि त्यतिनै बढ्दै जान्छ । जव दवाव बढ्छ भने सहि बल पनि खराब हुन पुग्छ र विकेट गुम्छ । जव दबाब विना कुनै ब्याट्सम्यान खेल्छ भने उसलाई खराव बल पनि लाग्छ र रन पनि राम्रो बनाउ छ । हरेक बलमा चौका र छक्का मात्र होइन एक एक,दुई दुई रन तर्फपनि जोड दिनुपर्छ । जसले बलरलाई दवावमा राख्नुैको साथै टिमको रन पनि राम्रो बन्छ । दिपेन्द्रले रुपन्देहीविरुद्ध यहि रणनितिका साथ खेलेका थिए । कमजोरमा बलमा चौका छक्का प्रहार गर्दा अन्य बलमा एक दुई रन लिएका थिए । जुन प्रेरणा अन्य खेलाडीले लिन आवश्यक छ ।

अर्धशतक बनाएपछि दिपेन्द्रसिंह ऐरी

डिपिएलमा सुरुवाती ओभरमा नेपाली कुनै पनि ब्याट्समयान ठूला सट खेलेको देखिदैन । कमजोर बलमा पनि अधिकांश ब्याट्सम्यन एक दुई रन नै लिएका हुन्छन् । अन्तिमा ठूला शटको प्रयास गरेको देखिन्छ । कमजोर बल छ भने सुरुवात देखिनै ठूला शटको प्रयास गर्न आवश्यक छ ।

हरेक बलरले सबै बल राम्रो गर्न सक्दैन । हरेक ओभरका सबै ६ बल राम्रो हुन सक्दैन । जुन समयसम्म ब्याट्सम्यान धैर्य गरि क्रिजमा टिक्न सक्नुपर्छ र कमजोर बलको पहिचान गरेर ठूलो सटको प्रयास गर्नुपर्छ । तर हरेक बलमा शट प्रहार गर्न खोज्दा धेरै ब्याट्समयान क्याच र केहि बोल्ड हुन पुगेका छन् ।

विहिवार महेन्द्रनगरका सागर ढकालले विराटनगरविरुद्ध मेडन सहित विकेट लिएपछि खेल हेर्न पुगेका एक समर्थकले हाँस्दै भन्दै थिए,साँच्चै यो टि–२० खेल नै हो र ? मलाइ त टेस्ट जस्तो लागेको छ ।

हुन त फाप्ला मात्र होइन काठमाडौंमा रहेको एक मात्र अन्तर्राष्ट्रिय टियु क्रिकेट मैदानमा पनि रन बन्दैन स्पिनरलाई मात्र साथ दिन्छ भन्ने धेरैनै थिए । दुइ महिना अघि पोखरा राइनोजले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य भैरहवा ग्याडियट्र्सले पुरा गरेपछि प्रमाणित भएको थियो जुन मैदानमा पनि रन बन्छ । ब्याट्सम्यानले खेल्न र रन बनाउन मात्र सक्नु पर्छ ।

त्यस्तै फाप्लामा रन बन्दैन भन्ने होइन कसरी रन बन्छ भन्ने तर्फ ब्याट्सम्यान बढि सजक हुन आवश्यक छ । मैदानलाई दोष दिन भन्दा आफ्नो कमजोरी सुधारगर्दै रन बनाउन सके फाप्लामा पनि राम्रो रन बन्ने निश्चित छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.