default_image

7 years ago

February 18, 2019

धनगढीलाई साखको चिन्ता,अन्यलाई प्लेअफ !

150 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा आज पनि दुई खेल हुँदै छन् । पहिलो खेल विहान ९ बजे रुपन्देही च्यालेन्जर्स र धनगढी स्टार्सबीच हुनेछ ।

धनगढीको लागि आजको खेल साखको लडाईं मात्र हुने छ । सुरुवाती चार खेलमा ३ मा हार र १ मा अंक बाँडेको धनगढी यसअघिनै समुह चरणबाट बाहिरिसकेको छ । साविक विजेता समेत रहेको धनगढी आजको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने सोचका साथ मैदान उत्रनेछ । त्यस्तै सुरुवाती दुई खेलमा जित र दुई मा पराजित भएको रुपन्देही अंक तालिकामा तेस्रो स्थानमा छ । आजको खेलमा पराजित भए प्लेअफको लागि रुपन्देहीले विराटनगर र सिवाईसी अत्तरियाको नतिजा पर्खनु पर्ने छ । त्यसैले पनि रुपन्देहीलाई आजको खेल गर वा मर जस्तै बनेको छ ।

त्यस्तै दिउँसो १ बजेपछि सुरु हुने दोस्रो खेलमा सिवाईसी अत्तरिया र विराटनगर किंग्स खेल्ने छन् । अत्तरियाले ३ खेलमा २ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ । अन्तिम दुईमा रहेर प्ले अफ खेल्न अत्तरियालाई पनि जित्नै पर्ने दवाव देखिन्छ । अत्तरिया आजको खेलमा पराजित भए अन्तिम चार रहेर प्ले अफ खेल्न गोल्डेन्ससँगको नतिजा आफ्नो पक्षमा निकाल्नु पर्ने हुन्छ । अन्यथा नेट रन रेटका आधारमा प्ले अफको टुङ्गो लाग्नेछ ।

त्यस्तै विराटनगर किंग्सलाई पनि प्ले अफमा स्थान बनाउन आजको खेल जित्नै पर्ने हुन्छ । विराटनगर सुरुवाती चार खेलमा १ मा जित १ मा हार र २ मा अंक वाड्दै चार अंकका साथ पाँचौ स्थानमा छ । आजको खेलमा विराटनगर विजयी भए सोझै प्लेअफमा पुग्नेछ । पराजित भएको खण्डमा नेट रनरेटका आधारमा महेन्द्रनगर पुग्न सक्ने उच्च संभावना छ । महेन्द्रनगर पनि त्यसैको प्रतिक्षा गरेर बसेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.