7 years ago
February 18, 2019
एजेन्सी (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका अलराउन्डर क्रिस गेलले आगामी मे ३० देखी १४ जुलाई मा इंग्ल्यान्डमा हुने एकदिवसिय विश्वकपपछि वान डे क्रिकेटबाटसन्न्यास लिने घोषणा गरेका छन् ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले ट्विट गर्दै गेलले विश्वकप पछि सन्न्यास लिने सार्वजनिक गरेको हो । विष्फोटक ब्याट्सम्यानको परिचय बनाएका गेलले सन् १९९९ मा भारत विरुद्ध खेल्दै वान डे क्रिकेटमा डेब्यू गरेका थिए । ३९ वर्षिय गेलले हाल सम्म २ सय ८४ वान डे खेल खेलेका छन् ।
गेल वान डे क्रिकेटमा १० हजार रन नजिक पुगेका छन् । गेलले थप २ सय ७३ रन बनाउन सके १० हजार रन पुरा गर्ने छन् । वान डे क्रिकेटमा ३७.१२ को औसतमा कुल ९ हजार ७ सय २७ रन बनाएका छन् । जसमा २३ शतक र ४९ अर्धशतक शामेल छ । उनको सर्वाधिक स्कोर २ सय १५ रन छ ।
पार्ट टाइम बलर समेत रहेका गेल्ले वान डे क्रिकेटमा १ सय ६५ विकेट लिएका छन् । उनको सर्वोत्कृष्ट प्रदर्शन ५-४६ रहेको छ । पछिल्लो समय खराब प्रर्दशनका कारण आलोचना खेपिरहेका गेल टी-२० मा भने निरन्तर खेलिरहने छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]