7 years ago
February 18, 2019
धनगढी (हाम्रो खेलकुद) – रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को प्ले अफमा प्रवेश गरेको छ । आज भएको खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्ले अफमा पुगेको हो ।

रुपन्देहीले प्रस्तुत गरेको १ सय ७ रनको विजयी लक्ष्य पक्ष्याउने क्रममा धनगढी १४ ओभरमा अल आउट हुँदै ६७ रनमा समेटियो । रुपन्देहीले ५ खेलमा ३ मा जित र २ मा हारका साथ प्ले अफमा स्थान बनाएको हो । रुपन्देहीकोअंक तालिकामा अन्तिम स्थान भने अत्तरियाको बाँकी दुई खेलको नतिजाले निर्धारण गर्ने छ । धनगढी भने जितविहिन हुँदै बाहिरिएको छ । धनगढी ५ खेल मध्य चारमा पराजित र १ खेलमा अंक बाड्दै बाहिरियो । धनगढीका कुनै पनि ब्याट्सम्यानले सम्झनयोग्य प्रर्दशन गर्न सकेनन् ।
घरेलु टोली घनगढीको सुरुवात नै खराब रह्यो । तेस्रो ओभरको तेस्रो बलमा विक्रम शोबले बाबर हायतबाट क्याच गराउँदै सोमपाल कामीलाई ११ रनमा पेभिलिएन फर्काए । लगतै एक वलपछि भिम सार्कीले डाइरेक्ट(सिधैं) स्टमिपङ ताक्दै सुनिल धमलालाई ४ रनमा रन आउट गरे । अर्को बलमा रोहन मुस्तफा गलत शट खेल्दै २ रमा क्याच आउट हुन पुगे ।
एकै ओभरमा प्रमुख तीन ब्याट्सम्यान गुमाएपछि धनगढी संकटमा परेको थियो । ११ औं ओभरको तेस्रो बलमा हरि बहादुर चौहान १ र चौथो बलमा पवन सरार्फ १५ रनमा आउट भएपछि धनगढीको हार निश्चित बनेको थियो । सन्दीप रजाली १०, विकेटकिपर राजु रिजाल ५ र आमिर हायत ८ रनमा आउट भए ।
रुपन्देहीको सहज जितमा ललितसिंह भण्डारीले घातक बलिङ गर्दै ३ ओभरमा मात्र ५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बिक्रम शोवले २ तथा पुनित मेहेरा, भीम सार्की र वसन्त रेग्मीले समान एक-एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनायो । हुस्सु लागेको कारणका निर्धारित समय भन्दा झन्डै डेढ घण्टापछि सुरु हुँदा खेल १५ ओभरमा झारिएको थियो । रुपन्देहीका लागि युवा ब्याट्सम्यान सुमित महर्जनले २४ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३३ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै विनोद भण्डारीले २५ बलमा २ चौकाको सहयोगमा २४ रन जोडे ।
सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमा प्रदीप ऐरीलाई आमिर हायतबाट क्याच गराउँदै शून्यमा आउट गरे । त्यस्तै तेस्रो ओभरको पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा छक्का हानेका बाबर हायतलाई सोमपालले चौथो बलमा भने आमिर हायतबाट क्याच गराउँदै १९ रनमा पेभिलिएन फर्काए । बाबरले १० बलमा १ चौका र २ छक्का प्रहार गरे ।
बाबर आउट भएसँगै रुपन्देहीलाई प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुर्याउन विनोद भण्डारी र सुमित महर्जनले ५७ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासे । सुमितलाई १० औं ओभरको पाँचौ बलमा रोहन मुस्तफाले सन्दीप रजालीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । लगत्तै विनोद भण्डारीलाई ११ औं ओभरको अन्तिम बलमा विपिन खत्रीले पवन सरार्फबाट क्याच आउट गराए । भिम सार्की २, पुनित मेहेरा ६ र बिक्रम शोव ११ रनमा आउट भए ।
धनगढीका सोमपाल कामी,बिपिन खत्री र पवन सरार्फले समान २-२ लिए । रोहन मुस्तफा र आमिर हायत नाममा समान १ विकेट रह्यो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]