default_image

7 years ago

February 19, 2019

एनसीसीएस–सिप्यान क्रिकेट अवार्डको उत्कृष्ट १० क्षणको मनोनयन सार्वजनिक

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्न लागेको एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड अन्तरगत वर्षको उत्कृष्ट क्षण अवार्डका लागि विभिन्न १० क्षणहरु सार्वजनिक गरेको छ ।

सिप्यानले अवार्डका लागि मंगलबार खेलाडी र टिमले गरेको प्रदर्शनको मुल्याङ्कनलाई आधार मानेर विभिन्न १० उत्कृष्ट क्षणहरु सार्वजनिक गरेको हो । यसै १० क्षणमध्ये सर्वाधिक मत पाउने क्षणले उत्कृष्ट क्षणको अवार्ड हात पार्नेछ ।

अवार्ड २२ फागुनमा हुदैछ । उत्कृष्ट क्षणको विधासँगै वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष उदियमान खेलाडी र लाइफटाइम अचिभमेन्ट अवार्ड कार्यक्रम हुनेछ ।

मनोनयनमा परेका १० उत्कृष्ट क्षण
करण केसी
गत वर्ष नामिबियामा भएको डिभिजन–२ मा क्यानाडाविरुद्ध जित दिलाउन उत्कृष्ट ब्याटिङ । त्यही जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

पारस खड्का
गत महिना संयुक्त अरब इमिरेट्स (युएईं) विरुद्धको समान ३ खेलको एकदिवसीय र टी–२० सिरिज अन्तरगतको ओडिआईमा शतक बनाउने पहिलो नेपाली खेलाडी । युएई भ्रमणमा नेपालले एकदिवसीय र टी–२० सिरिज जितेर ऐतिहासिक सफलता हात पार्दाको कप्तान ।

सन्दीप लामिछाने
सन्दीप अन्तराष्ट्रिय फ्रेन्चाईज क्रिकेट प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी । इण्डियन प्रिमियर लिग (आईपीएल) देखि सिपिएल, बिगबास, क्यानाडाको ग्लोबल टी–ट्वान्टीमा अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपरलिगसम्म सम्मको यात्रा । सबै खेलहरुमा उच्च प्रदर्शन ।

दिपेन्द्र सिंह ऐरी
गत वर्ष जिम्बावेमा भएको विश्वकप छनोटमा नेपाललाई एकदिवसीय मान्यता दिलाउन पपुवा न्युगिनीसँग उत्कृष्ट इनिङ्स । नेपाललाई जित दिलाउन दिपेन्द्रले ४ ओभर २ बलमा १४ रन खर्चेर ४ विकेट । ब्याटिङतर्फ अविजित अर्धशतकिय इनिङ्स ।

ज्ञानेन्द्र मल्ल
संयुक्त अरब इमिरेट्स (युएईं) विरुद्धको समान ३ खेलको एकदिवसीय र टी–२० सिरिज अन्तरगतको अन्तिम टी–२० मा अविश्वनीय ३ क्याच लिदै नेपाललाई जित दिलाएको हो ।

रोहित कुमार पौडेल
युएइं विरुद्धको एकदिवसीय र टी–२० सिरिज अन्तरगत ओडीआईमा अर्धशतक प्रहार गर्दै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने संसारकै कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल । रोहितद्धारा भारतका लिजेण्ड सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमान भंग ।

राष्ट्रिय महिला टोली
गत महिना थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड टी–२० स्मासमा उपविजेता बन्यो । जुन नेपाली महिला टोलीले १२ वर्षपछि पहिलोपटक अन्तराष्ट्रिय प्रतियोगिताको पाएको ठुलो सफलता

रुबिना क्षेत्री
थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड टी–ट्वान्टी स्यास नेपाललाई उपविजेता बनाउन कप्तान रुबिनाले उत्कृष्ट प्रदर्शन ।

सोमपाल कामी
युएईविरुद्धको सिरिजमा नेपालले ऐतिहासिक सफलता हात पार्दा सोमपालको उत्कृष्ट प्रदर्शन । एक दिवसीयको एकै खेलमा ५ विकेट लिने नेपाली खेलाडी ।

सन्दीप जोरा
युएईविरुद्धको टी–२० सिरिजमा डेब्यु । डेब्यु खेलमै अर्धशतक प्रहार अर्धशतक बनाउने संसारकै कान्छा खेलाडी बन्न सफल ।

मतदान गर्न यहाँ थिच्नुहोस्

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.