default_image

7 years ago

February 20, 2019

डिपिएलमा सर्वाधिक रन बनाउने ५ खेलाडी

131 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा जारी छ । प्रतियोगिताको समुह चरणको खेल सकिँदा काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरिया पहिलो क्वालिफायर खेल्ने भएका छन् । त्यस्तै महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच एलिमिनेटर खेल हुने छ । एलिमिनेटरको विजेता र क्वालिफायमा हारेको टोलीबीच पुन: प्रतिस्पर्धा हुनेछ । विजेता टोली पहिलो क्वालिफायरको विजेतासँग उपधिको लागि फागुन ११ मा खेल्ने छ ।

जारी प्रतियोगितामा टोलीको सर्वाधिक स्कोर १ सय ४८ हुँदा सबैभन्दा कम ३३ रह्यो । फराकिलो जितमा १ सय रनको हुँदा झिनो अन्तर २ रन रह्यो । जारी डिपिएलमा ब्याटिङमा भारतीय खेलाडीको प्रर्दशन उत्कृष्ट हुँदा नेपालका केहि युवा खेलाडीको प्रर्दशन मात्र सन्तोषजनक रहेको छ । अन्य कुनैपनि खेलाडीले सम्झन लायक प्रर्दशन गरेका छैनन् । नेपाली क्रिकेट पछिल्लो समय युवा खेलाडीमा हस्तान्तरण भई रहेको छ । जुन कुरा जारी डिपिएलको प्रर्दशनले पनि पुष्टि गर्दछ । सिनियर टिमबाट खेली सकेका खेलाडीको तुलनामा युवा खेलाडीको प्रर्दशन राम्रो छ ।

सधैं कमजोर मानिने ब्याटिङ डिपिएलमा पनि सुधार भएको अनुभव गर्न सकिएन । नेपालको घरेलु लिगमा मात्र होइन,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि प्राय ब्याटिङ कमजोर हुने गर्दछ । कमजोर ब्याटिङकै कारण नेपालले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै ठूला अवसर गुमाएको छ । नेपालको ब्याटिङ कति सम्म कमजोर छ भन्ने जारी डिपिएलको प्रर्दशनबाटै प्रष्ट हुँन्छ । डिपिएलमा सर्वाधिक रन बनाउने शिर्ष ५ खेलाडी मध्य ३ विदेशी र २ नेपाली खेलाडी छन् ।

यी हुन् डिपिएलमा सर्वाधिक रन बनाउने ५ खेलाडी

अंकित दवास – २६ वर्षिय अंकित दवास झारखण्डबाट रणजी ट्रफी खेली सकेका भारतीय अलराउण्डर हुन् । जारी डिपिएलमा काठमाडौंबाट खेलेका अंकितले ४ खेलमा १ सय ४७ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा शीर्षस्थानमा छन् । ४ खेलमा अंकितले ४९.०० को औसतमा समान ८ छक्का र चौका प्रहार गरेका छन् । स्ट्राइक रेट १०६.५२ रहेको छ ।

पहिलो खेलमा धनगढी स्टार्सविरुद्ध २९ रन प्रहार गरेका अंकितले दोस्रो खेलमा महेन्द्रनगरविरुद्ध दमदार ६५ रनको अविजित पाली खेले । त्यस्तै रुपन्देही च्यालेन्जर्सविरुद्ध ४३ रन प्रहार गरे । त्यस्तै समुह चरणको अन्तिम खेलमा सीवाईसी अत्तरियाविरुद्ध भने १० रनमा आउट भए ।

सन्नी पटेल – पछिल्लो समय नेपाली फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका भारतीय खेलाडी सन्नी पटेल जारी डिपिएलमा पनि उत्कृष्ट प्रर्दशन गरेका छन् । डिपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् ।

सिवाईसीको जर्सि लगाएका पटेलले १४९.४१ को स्ट्राइक रेटमा ६३.५० औसतमा कुल १ सय २७ रन जोडे । जसमा समान ८ छक्का र चौका सामेल छ । पटेलले रुपन्देहीविरुद्ध १२,धनगढीसँगको खेलमा ३५ रन जोडे । महेन्द्रनगरविरुद्ध १९ रन हानेका पटेलले विराटनगरसँगको खेलमा ३१ बलमा ६१ रन प्रहार गरे ।

दिपेन्द्रसिंह ऐरी – नेपाली राष्ट्रिय टिमका मिडिल अडरका भरपर्दा ब्याट्सम्यान जारी डिपिएलमा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् । डिपिएल मात्र होइन पछिल्ला इपीएल र पिपिएलमा पनि दिपेन्द्र सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा शीर्ष ५ भित्र अट्ने एक्लो नेपाली ब्याट्सम्यान बन्दै आएका छन् ।

अत्तरियालाई क्यालिफायर सम्म पुर्याउन दिपेन्द्रले ब्याटिङसँगै कप्तानी पनि उत्कृष्ट छ । कुल ५ खेलमा १ सय १८ रन जोडेका छन् । स्ट्राईक १२८.२६ रहँदा २९.५० औसत रन छ । कुल १५ चौका र १ छक्का सामेल छ । दिपेन्द्रले विराटनगर र महेन्द्रनगरसँगको खेलमा समान १० रन जोडे । त्यस्तै धनगढीविरुद्ध ११ रन मात्र बनाउन सक्दा रुपन्देहीविरुद्ध ६७ रनको दमदार पाली खेले । अन्तिम खेलमा काठमाडौंविरुद्ध २० रनमा अविजित रहे ।

जय किशन कोल्सावाला – अत्तरियाका विकेटकीपर तथा भारती खेलाडी कोल्सावाला जारी डिपिएलमा सर्वाधिक रन बनाउने चौथो खेलाडी हुन् । कोल्सावालाले कुल ५ खेलमा ८९.२३ स्ट्राइक ब्याटिङ घुमाउँदै २९.०० कोे औसतमा कुल १ सय १६ रन जोडेका छन् ।

विराटनगरसँगको खेलमा ५१ रन बनाए । धनगढीसँगको खेलमा २१ र रुपन्देहीविरुद्ध १ रन जोडे । त्यस्तै महेन्द्रनगरसँगको खेलमा १० र अत्तरियाविरुद्ध ३३ रन जोडे । कोल्सावालाले कुल ११ चौका र ४ छक्का प्रहार गरेका छन् ।

सुमित महर्जन – रुपन्देहीका स्टार खेलाडी प्रदीप ऐरी, विनोद भण्डारी, भिम सार्की, बाबर हायत फ्लप हुँदा युवा ब्याट्सम्यान सुमित महर्जनले औसत प्रर्दशन गर्दै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा पाँचौ स्थानमा रहे ।

रुपन्देहीलाई प्ले अफ सम्म पुयाउन महत्वपूर्ण प्रर्दशन गरेका महर्जनले ४ खेलमा कुल ८७ रन जोडेका छन् । स्ट्राइक रेट ९०.६२ रहँदा २९.०० औसत रन छ । कुल ५ छक्का र ४ चौका प्रहार गरेका छन् । धनगढीविरुद्ध ३३, महेन्द्रनगरसँगको खेलमा २७ र अत्तरियाविरुद्ध २२ रन जोडे । काठमाडौंसँगको खेलमा भने ५ रनमा आउट भए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.