7 years ago
February 20, 2019
धनगढी (हाम्रो खेलकुद)– तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो क्वालिफायर खेलमा आज काठमाडौं गोल्डेन्स र सिवाईसी अत्तरिया भिड्दै छन् ।

प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२ : ३० बजेपछि सुरु हुने खेलमा विजेता टोली सोझैं फाइनल प्रवेश गर्ने छ । पराजित हुने टोलीले विहिवार हुने एलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीचको विजेतासँग शुक्रवार क्वालिफायर खेल्ने मौका पाउने छ ।
काठमाडौं ५ खेलमा ३ जितका र १ मा हारका साथ ७ अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा रहेर क्वालिफायरमा खेल्न लागेको हो । यता युवा खेलाडीले भरिएको अत्तरियाले ५ खेलमा ४ मा जित र १ मा हारका साथ शीर्षस्थानमा रहँदै क्वालिफायर खेल्न लागेको हो । समुह चरणको खेलमा काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्दा अत्तरिया शिर्ष स्थानमा रहन सफल भयो ।

अत्तरिया समुह चरणको नतिजालाई निरन्तरता दिदै सोझैं फाइनल पुग्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । समुह चरणको नतिजाले युवा खेलाडीले भरिएको अत्तरियाको मनोबल पनि बलियो देखिन्छ । जारी डिपिएलमा अत्तरियाबाट भारतीय खेलाडी सन्नी पटेल,जयकिशन कोल्सावाला, कप्तान दिपेन्द्रसिंह ऐरी, दिपेन्द्र राउत र भुवन कार्कीले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
यता अन्तिम खेलमा अत्तरियासँग पराजित हुन पुगेको काठमाडौं समुह चरणको प्रर्दशनलाई सुधार गर्दै आजको खेलमा फरक रणनितिका साथ मैदान प्रवेश गर्ने छ । अत्तरियासँग खराव ब्याटिङ गरेको काठमाडौंले आजको खेलमा सुधार गर्ने अनुमान पनि गरिएको छ । काठमाडौं पनि सोझैं फाइनलमा प्रवेश गर्ने अवसर गुमाउन चाहादैँन । काठमाडौंबाट नन्दन यादव,राशिद खान,ललित नारायण राजवंशी,अंकित दवास,योगेन्द्रसिंह कार्कीको प्रर्दशन उत्कृष्ट रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]