7 years ago
February 20, 2019
एजेन्सी – मिडिल अडरका भरपर्दा तथा अनुभवी ब्याट्सम्यान रोश टेलरको कीर्तिमानी अर्धशतक र टिम साउथीको उत्कृष्ट बलिङसँगै बगलादेशसँगको तीन ओडीआई सिरीजमा घरेलु टोली न्युजिल्यान्डले क्लिन स्विप गरेको छ ।

आज भएको अन्तिम ओडीआईमा बंगलादेशलाई ८८ रनले पराजित गर्दै न्युजिल्यान्डले श्रृंखला ३-० ले जितेको हो । टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३० रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि रोश टेलरले ८२ बलमा ७ चौका प्रहार गर्दै ६९ रन बनाए । यो सँगै टेलर न्युजिल्यान्डबाट ८ हजार रन बनाउने दोस्रो खेलाडी बने । त्यस्तै न्युजिल्यान्डबाट वान डे क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् । टेलरले वान डे खेलमा कुल ८ हजार २६ रन बनाएका छन् ।
न्युजिल्यान्डबाट ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी स्टीफन फ्लेमिङ्गले ८ हजार ७ रन बनाएका छन् । त्यस्तै बंगलादेशलाई विशला लक्ष्य प्रस्तुत गर्न हिनरी निकोलस ६४,टम लाथम ५९,जेम्स निसम र कोलीन डी ग्रान्ड होमले समान ३७ रन बनाए । ओपनर आर्टिन गप्टिल २९,कोलिन मुनरो ८ रनमा आउट हुँदा मिचेल सेन्टनर १६ रनमा अविजित रहे ।
बंगलादेशका मुस्तफिजुर रहमान २,मशरफे मुोर्तजा,रुवेल हसन,महेदी हसन र मोहम्मद सैफुद्दीनले समान एक एक विकेट लिए । ३ सय ३१ रनको लक्ष्य पक्ष्याउने क्रममा बंगलादेश ४७.२ ओभरमा २ सय ४२ रनमा समेटियो ।
बंगलादेशका लागि सब्बीर रहमानले शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् । रहमानले १ सय १० बलमा १२ चौका र २ छक्का सहित १ सय २ रन बनाउँदै हारको अन्तर घटाए। मोहम्मद सैफुद्दीन ६३ बलमा ४ चौका प्रहार गर्दै ४४ रन जोडे ।
मुश्फिकुर रहिम १७,मोहमूदुल्लाह १६ रनमा आउट हुँदा तामिम इकवाल र लिटन दास डक आउट हुन पुगे । त्यस्तै मेहेदी हसनले ३७ र रुवेल हसन ३ रनमा आउट भए । कुनै समय १४.४ ओभरमा ६१/५ को अवस्थामा पुगेको बंगलादेशलाई शब्बिर रहमानले शतक बनाउदै उद्दार गरेका थिए ।
न्युजिल्यान्डका लागि टिम साउथीले ९.२ ओभरमा १ मेडन सहित ६५ रन खर्चेर ६ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टल २ र कोलिन डी ग्रान्ड होमको नाममा १ विकेट रह्यो । यस अघि पहिलो र दोस्रो खेलमा न्युजिल्यान्ड समान ८ विकेटले विजयी भएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]