7 years ago
February 21, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को एलिमिनेटर खेलमा आज रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२:३० बजेपछि सुरु हुने खेलमा विजेता टोलीले शुक्रबार काठमाडौं गोल्डेन्ससँग क्वालिफायर खेल्ने छ । आज पराजित हुँने टोली बाहिरिने छ । अत्तरिया पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरि सकेको छ । फाइनल फागुन ११ गते हुने छ ।
शरद भेषावकर कप्तान रहेको महेन्द्रनगरले ५ खेलमा २ मा हार र १ मा जितका साथ ४ अंक जोड्दै चौथो स्थानमा रहेर एलिमिनेटर खेल खेल्न लागेको हो । रुपन्देहीले ५ खेलमा ३ मा जित र २ मा हारका साथ ६ अंक जोड्दै तेस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको थियो ।
जारी प्रतियोगितामा कागजी रुपमा यी दुबै टोली अन्य टोलीको तुलानामा सर्वाधिक बलियो देखिएपनि मैदानमा भने कमजोर प्रर्दशन गरेका छन् । समूह चरणको खेलमा रुपन्देहीले महेन्द्रनगरलाई २ रनले हराएको थियो ।
रुपन्देहीबाट जारी प्रतियोगितामा बिक्रम शोब, ललितसिंह भण्डारी, कृष्ण कार्की, सुमित महर्जन, पुनित मेहेराले राम्रो प्रर्दशन गरि रहेका छन् । महेन्द्रनगरबाट सागर ढकाल, अभिनास बोहोरा, मोहम्मद नाविद, आनन्द सुब्रमनियमको प्रर्दशन सन्तोषजनक छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]