7 years ago
February 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगितामा दोस्रो खेलमा थाइल्यान्डले नेपाललाई १ सय २५ रनको लक्ष्य दिएको छ ।

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टोली थाइल्यान्डले
निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो । थाईल्यान्डका लागि मिडिल अडरकी चानिदा सुथिरुंगले सर्वाधिक ३५ रन बनाइन् । उनले २९ बलमा ३ चौका प्रहार गर्दै क्याच आउट हुन पुगिन् ।
थाईल्यान्डलाई ओपनर नरुमोल चवाई र नट्टकन चनतमले ६.२ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । सातौं ओभरको पहिलो दोस्रो बलमा करुणा भण्डारीले नरुमोल चवाईलाई ३२ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाइन् । चवाईले २७ बलमा ३ चौका प्रहार गरिन् । लगतै आठौं ओभरको दोस्रो बलमा नेरी थापाले विकेटकीपर काजल श्रेष्ठबाट अर्की ओपनर चनतमलाई ५ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काइन् । १२ ओभरको अन्तिम बलमा नाट्या बुचाथमलाई थापालेनै १२ रनमा क्याच आउट गराइन् । सोरनार टिप्पोच २ रनमा आउट हुदा वोन्गपका लियन्गप्रेशर्ट २८ रनमा अविजित रहिन् ।
नेपालका लागि नेरी थापाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै कविता कुवँरले ४ ओभरमा २८ रन खचेर २ विकेट लिदा करुणा भण्डारी र कप्तान रुविना क्षेत्री वेलवसेले समान १ विकेट हात पारे । पहिलो खेलमा मलेसियालाई ७ विकेटले हराएको नेपालले आजको खेल जित्न सके अघिल्लो चरण निकै सहज हुने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]