7 years ago
February 21, 2019
धनगढी – महेन्द्रनगर युनाइटेड रोमान्चक जित निकाल्दै तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को को क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको एलिमिनेटर खेलमा रुपन्देहीलाई १ रनले पराजित गर्दै क्वालिफायरका काठमाडौं गोल्डेन्ससँगको भेट पक्का गरेको हो ।

शुक्रबार काठमाडौं र महेन्द्रनगरबीचको खेलको विजेताले उपाधिको लागि फागुन ११ मा सिवाईसी अत्तरियासँग भिड्ने छ । १ सय १६ रनको लक्ष्य पक्ष्याएको रुपन्देहीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १४ रनमा समेटियो । अभिनास बोहोराले ५ रन चाहिएको अवस्थामा ३ रन मात्र दिएपछि महेन्द्रनगरको रोमान्चक जित सम्भव भएको हो ।
अन्तिम बलमा जितको लागि ५ रन चाहिएको थियो । अभिनासले पहिलो डट,दोस्रो १,तेस्रो डट,चौथोमा प्रदीप ऐरी रन आउट,पाँचौमा विक्रम शोव क्याच आउट, १ रन दिदै बसन्तलाई रन आउट गराएपछि महेन्द्रनगरले १ रनको जित पक्का गरेको हो । रुपन्देहीका प्रदीप ऐरीले २० बलमा ४ चौका सहित २८ रन जोडे ।
विनोद भण्डारीले २१ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २३ रनमा आउट भए । पहिलो विकेटका रुपमा रुपन्देहीले पाँचौ ओभरको दोस्रो बलमा रन आउटको रुपमा सन्दीप सुनारलाई ब्यक्तिगत १४ रनमा गुमाएको थियो । सुनारले १३ बलमा २ चौका प्रहार गरे । १० औं ओभरको पाँचौ बलमा अभिनास बोहोराले बाबर हायतलाई २८ रनमा बोल्ड आउट गरे ।
बाबरले २९ बलमा २ चौका र १ छक्क प्रहार गरे । लगतै ११ ओभरको पाँचौ बलमा सुमित महर्जन १० रनमा क्याच हुन पुगे । पुनित मेहरा १४ ओभरको पहिलो बलमा ६ रनमा रन आउट हुन पुगे । लगतै यसै ओभरको चौथो बलमा भिम सार्कीलाई मोहम्मद नाविदले शून्यमा एलपी डब्लू आउट गरेपछि रुपन्देही दवावमा परेको थियो ।
छैटौं विकेटका लागि विनोद भण्डारी र प्रदीप ऐरीले ३७ रनको साझेदारीगरेपछि रुपन्देहीको जितको आसा पलाएको थियो । महेन्द्रनगरका लागि अभिनास बोहोराले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।
मोहम्मद नाविद,सागर ढकाल, सिद्धान्त लोहनीले समान एक एक विकेट लिए । त्यस अघि प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १५ रन बनाउन सक्यो ।
महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकर ३८ बलमा २ चौका सहित २९ रनमा अविजित रहे । त्यस्तै अन्तिम तिर अंमरसिंह राउटेलाले २० बलमा १ छक्का र १ चौका प्रहार गर्दै रन १९ जोडे । भारतीय खेलाडी आनन्दले २० रन बनाए ।
आनन्दले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पहिलो ओभरको दोस्रो बलमै ओपनर दीलिप नाथलाई शुन्यमा गुमाएको थियो । दीलिपलाई ललितसिंह भण्डारीले सन्दीप सुनारबाट क्याच गराए । चौथो ओभरको तेस्रो बलमा मोहम्मद नाविदलाई बसन्त रेग्मिले विकेटकीपर विनोद भण्डारीबाट १८ रनमा क्याच गराउँदै पेभिलिएनको बाटो देखाए । नाविदले १५ बलमा २ छक्का प्रहार गरे ।
पुनित मेहराले ११ ओभरको पहिलो बलमा आरिफ शेख,तेस्रो बलमा रोहित कुमार पौडेल र अन्तिम बलमा सिद्धान्त लोहनीलाई क्याच आउट गराएपछि रुपन्देही खेलमा फर्किएको थियो । जुन समय महेन्द्रनगर ६६-६ को को कमजोर अवस्थामा पुगेको थियो ।
आरिफ ११,रोहित २ र सिद्धान्त डक आउट भए । सातौं विकेटका लागि कप्तान शरद भेषवाकरले अमरसिंह राउटेलासँग ३९ रनको साझेदारी गर्दै सम्मानजक लक्ष्य सम्म पुर्याए । अभिनास बोहोरा ११ रनमा आउट भए । रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लए । पुनित मेहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।बसन्त रेग्मिले २ विकेट लिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]