7 years ago
February 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रअन्तर्गत तेस्रो खेलमा नेपालले यूएईलाई ४१ रनमा अलआउट गरेको छ । नेपालले जितको लागि ४२ रनको लक्ष्य प्राप्त गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४१ रन जोड्न सक्यो । मध्यक्रममा चमानी सेनेविरत्नाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलको तेस्रो ओभरमा सिता रानामगरले ओपनर छाया मुघललाई ३ रनमा क्याच गराउँदै पेभेलियन फर्काएकी थिइन् । युएईकी अर्की ओपनर इशा ओजा अर्को ओभरमा कविता कुँवरको एलबीडब्लू धरापमा परेपछि यूएई ४ ओभरमा ८-२ कोस्थितिमा पुग्यो ।
त्यसपछि सिताले कभिसा इगोदागेलाई ४ रन एलबीडब्लू आउट गर्दा कप्तान हुमैरा तस्नीम कविता कुँवरकोबलमा १ रन जोड्दै क्याचआउट भइन । सोनु खड्काले नवौं ओभरमा शुभ भेन्कटरमणलाई ३ रनमा एलबीडब्लू आउट गरिन् । लगत्तै उदेनी डोनालाई सोनुले पहिलो बलमा पेभेलियन फर्काउँदै यूएईलाई १९-६ को दयनीय स्थितिमा पुर्याइन ।
सेनेविरत्ना १३ रन जोडेको अवस्थामा नेरी थापाको बलमा क्याच आउट भएपछि यूएईको रनगति रोकिएको थियो । नेरीले अर्को ओभरमा नमिता डीसुजालाई पनि खाता खोल्न दिईनन् । नेरीले आफ्नो चौथो ओभरमा नेहा शर्मालाई ६ रनमा आउट गर्दै तेस्रो सफलता हात पारिन् । लगत्तै इशानी सेनेविरत्ने पनि ४ रनमा क्याच आउट भएपछि यूएई ४१ रनम समेटियो ।
नेरीले समग्रमा ३.३ ओभर बलिङ गर्दै १ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिइन् । नेपालको लागि सिता रानामगरले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् । सोनु खड्का र कविता कुँवरले पनि २-२ विकेट बाँडे ।
पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक थाईल्यान्डसँग फराकिलो हार बेहोरेको थियो । एक टोली मात्र अर्को चरणमा पुग्ने यस प्रतियोगितामा नेपालले अर्को चरण पुग्ने सम्भावना जीवित राख्न अन्य खेलको नतिजामा पनि भर पार्नुपर्ने हुन्छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]