7 years ago
February 22, 2019
धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले बहिष्कार गरेपछि महेन्द्रनगर युनाईटेडले धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल खेल्ने भएको छ ।

महेन्द्रनगरविरुद्ध हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौंले बहिष्कार गरेपछि महेन्द्रनगरले सोझै फाइनल खेल्ने भएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । भारतीय खेलाडी अकिंत दवासमाथि बलिङमा प्रतिबन्ध लगाएको कारण आफुहरु डिपिएलको क्वालिफायर नखेल्ने काठमाडौं गोल्डेन्सका मालिक रमेश सिलवालले बताएका थिए ।
यसअघिका दुई खेलमा अनाधिकृत एक्सनमा बलिङ गरेको भन्दै काठमाडौंका दब्बासलाई बलिङ गर्नबाट रोक लगाउने निर्णय प्राविधक टोलीले गरेको थियो । अब महेन्द्रनगरले सिवाइसी अत्तरियासँग फाइनल खेल्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]