7 years ago
February 22, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग९डिपिएल० मा आफ्ना भारतीय खेलाडी अंकित दब्बासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौं गोल्डेन्सले क्वालिफायर खेलनै बहिस्कार गरेको छ ।

काठमाडौंले बहिस्कार गरेपछि स्वत महेन्द्रनगर युनाइटेड फाइनलमा पुगेको छ । डिपिएल टेक्निकल कमिटीका प्रमुख बुद्धि प्रधानले काठमाडौंलाई दुई खेल अगाडिनै अंकितको एक्सन बारे थाहा दिएको जनाएका छन् ।
सुरुमा हामीले अंकितको एक्सन हेरेका थियौं ,त्यो एक्सन हरेक बलमा देखिएको थिएन,हामीले भिडियोमा हेरयौं , पछिल्ला दुई खेलमा उनको हरेक डेलीभेरीमा एक्सन गलत थियो, त्यसलाई सुधार्र्नु पर्छ भनेर काठमाडौंलाई जानकारी पनि पठाएका थियौं । तर काठमाडौंले त्यो कुरा अंकितलाई थाहा दिए जस्तो लागेन । ‘
पहिलो क्वालिफायरमा पनि त्यहि एक्सन दोहोराएपछि अंकितलाई डबल रिपोर्ट परेको कारण बलिङमा प्रतिबन्ध लगाएको प्रधानले प्रष्ट पारे । तर काठमाडौंले भने एक्कासी प्रतिबन्ध परेको भन्दै खेल नै बहिष्कार गर्यो ।

त्यस्तै म्याच रेफ्री मोहम्मद सफिकले ९समिर खान० कुनै पनि टिमले खेल बहिस्कार गर्छ भने आईसीसीको नियम अनुसार अर्को टिमलाई म्याच आवार्ड दिनुपर्छ । काठमाडौंले आजको खेल बहिस्कार गरेको छ । सोहि अनुसार महेन्द्रनगरलाई अवार्ड गरि फाइनलमा पुगेको बताए ।
पोर्टङ्ग,टस र खेल सुरुहुने सम्म उपस्थिती नभएपछि एम्पायर र टेक्निकलले टिमसँग कन्सल्ट गर्दा काठमाडौंले नखेल्ने बताएपछि महेन्द्रनगर फाइनलमा पुगेको खानले जानकारी दिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]