7 years ago
February 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान एबी डी भिलियर्सले म्यान अफ द म्याच प्रदर्शन गरेपछि पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा लाहोर कलन्दर्सले मुल्तान सुल्तानलाई ६ विकेटले पराजित गरेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लाहोरबाट खेल्दै पीएसएलमा डेब्यु गरे ।

मुल्तानले प्रस्तुत गरेको २ सय १ रनको लक्ष्य लाहोरले ४ विकेटको क्षतिमा अन्तिम बलमा छक्का प्रहार गर्दै प्राप्त गरेको थियो । अन्तिम बलमा ३ रन चाहिएको स्थितिमा डेविड विसाले छक्का प्रहार गर्दै जित दिलाएका थिए । उनले २० बलमा ५ छक्काको मदतले नटआउट ४५ रन जोडे । कप्तान डी भिलियर्सले २९ बलमा ५२ रन जोडे । यसक्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि यी दुईले ९८ रनको साझेदारी गरे ।
त्यसअघि ओपनर फखार जमानले ३५ बलमा ६३ रन जोड्दै लाहोरलाई राम्रो सुरुवात दिएका थिए । अर्का ओपनर सोहेल अख्तर १० र सलमान बट १७ रनमा पेभेलियन फर्किए । मुल्तानका जुनेद खानले ३ विकेट लिँदा मोहमद इलियासले १ विकेट हात पारे ।
त्यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) डेब्युमा लाहोर कलन्दर्सको लागि मिश्रित प्रदर्शन गरे । सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर ३ विकेट लिए । मुल्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन जोडेको थियो ।

मुल्तान सुल्तानले आक्रामक ब्याटिङ गरेपछि महँगा सावित भएका सन्दीपले टोलीका लागि सुरुवाती दुई विकेट लिएका थिए । सन्दीपले टोलीलाई पहिलो सफलता दिलाउने क्रममा ८४ रनमा खेलिरहेका जेम्स भिन्सलाई क्याच आउट गराएका थिए ।
पहिलो ओभरमा १८ रन खर्चेका सन्दीपले दोस्रो ओभरको पाँचौ बलमा भिन्सलाई पेभेलियन फर्काउँदै पहिलो विकेटका लागि भएको १ सय ३५ रनको साझेदारी तोडेका थिए । आफ्नो तेस्रो ओभरमा सुरुवाती तीन बलमा दुई छक्का खाएपनि उनले पाकिस्तानका पूर्व कप्तान शोएब मलिकलाई १० रनमा पेभेलियन फर्काए । त्यसअघि तेस्रो बलमा सिद्दिक ५० रनमा खेलिरहेको अवस्थामा क्याच ड्रप भएको थियो ।
चौथो ओभरको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरेपनि सन्दीपले तेस्रो बलमा उनलाई आफ्नै बलमा क्याच गराउँदै बदला लिए । मुल्तानका लागि सिद्दिकले ५३ रन जोडेका थिए । लाहोरका लागि शाहिन अफ्रिदी र हरिस राउफले १-१ विकेट लिए ।
लाहोरको यो पीएसएल २०१९ मा चौथो खेलमा दोस्रो जित हो । लिग तालिकामा लाहोर तेस्रो स्थानमा छ । शीर्ष स्थानमा ३ खेलमा ६ अंक जोडेको क्वेटा ग्लाडियटर्स रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]