default_image

7 years ago

February 23, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद लाहोर पराजित

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत शनिबार क्वेटा ग्ल्याडीयटर्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । उनको कसिलो बलिङका बाबजुद लाहोर ४ विकेटले पराजित भयो ।

सन्दीपले आफ्नो ४ ओभरको कोटा पूरा गर्दै २० रन खर्चेर १ विकेट हात पारे । छैटौं ओभरमा बलिङ पाएका सन्दीपले उक्त ओभरमा ३ रनमात्र खर्चे । नवौं ओभरमा फेरी बलिङ गर्न आएका सन्दीपले एक छक्कासहित १० रन खर्चे । १२ औं ओभरको पहिलो बलमा ४० रनमा खेलिरहेका अहसन अलीलाई बोल्ड गर्दै सन्दीपले राम्रो पुनरागमन गरे । त्यस ओभरमा उनले ४ रनमात्र खर्चे । १७ औं ओभर फ्याँकेका सन्दीपले व्यक्तिगत चौथो ओभरमा ३ रनमात्र दिए ।

लाहोरले प्रस्तुत गरेको १ सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा क्वेटाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४८ रन जोड्यो । ओपनर सेन वाटसन शून्यमा आउट हुँदा राइली रुसो १७ र उमर अकमल ९ रनमा पेभेलियन फर्किए । ड्वेन स्मिथ २ रनमा आउट भए ।

क्वेटाको जितमा सरफराज अहमद र मोहमद नवाजले उत्कृष्ट ब्याटिङ गरे । नवाज १९ रन जोड्दै बाउन्ड्रीनिर क्याच आउट भए । अनवर अली अन्तिम ओभरको पहिलो बलमा १ रन जोडेको अवस्थामा बोल्ड भए । अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा सरफराजले छक्का प्रहार गर्दै जित दिलाए । उनले ३६ बलमा ४ चौका र १ छक्कासहित ५२ रन जोडे । लाहोरका लागि हरिस राउफले २ तथा सन्दीप, राहत अली र यासिर शाहले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालको लाहोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो । लाहोरका लागि कप्तान एवि डी भिलियर्सले सर्वाधिक ४५ रन बनाए । डी भिलियर्सले ४० बलमा २ चौका प्रहर गरे । त्यस्तै सन्दीप लामिछानेले ५ बलमा ५ रनमा अविजित रहे ।

त्यस्तै डेविड विसा १६ बलमा १ छक्का हान्दै २० रनमा आउट भए । सोहेल अख्तरले २१ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २९ रन जोडे । कारी एन्डरसन १९, फखार जमान ३,सलमान बट ५, यासिर साह १ रनमा आउट भए ।

क्वेटा गुलाम मुदस्सरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । सोहेल तनविरले २, मोहम्मद नवाज र अनावर अलीले समान एक एक विकेट हात पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.