default_image

7 years ago

February 24, 2019

एनसिएल टी–२० का लागि खेलाडी दर्ता खुला

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चैत १ गतेबाट विराटनगरमा आयोजना हुने एनसिएल वुमन्स टी–२० क्रिकेट लिगका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको छ । आयोजक एनसिएलले अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया शनिबारबाट शुरु भएको जानकारी गराएको छ ।

खेलाडी दर्ता प्रक्रिया १० फागुनबाट १८ फागुनसम्म जारी रहनेछ । खेलाडी दर्ताका लागि एनसिएल स्पोर्ट्स प्रालिको आधिकारिक वेबसाईट https://www.nclt20.com/ मार्फत ५ सय १ रुपैया दर्ता शुल्क इसेवामार्फत बुझाएर दर्ता गर्न सक्नेछ ।

दर्ता भएका खेलाडीहरु अक्सनबाट चार टिममा बाडिनेछ । खेलाडी दर्ताका लागि तीन क्याटगोरी छुट्याइएको छ ।

पछिल्लो २ वर्षदेखि राष्ट्रिय टिममा रहेका सम्पुर्ण महिला खेलाडीहरु ग्रेड ‘ए’ मा रहनेछन् । जसको न्युनतम मूल्य २५ हजार रूपैया रहनेछ ।

पछिल्लो २ वर्षदेखि राष्ट्रिय टिममा नरहेका महिला खेलाडीहरु, क्याम्पमा पर्न सफल खेलाडीहरु, पुर्व राष्ट्रिय खेलाडीहरु र यु–१९ राष्ट्रिय टिमका महिला खेलाडीहरु ग्रेड ‘बी’ मा रहनेछन् । जसको न्युनतम मूल्य १५ हजार रूपैया रहनेछ ।

क्षेत्रीय एवम् जिल्ला स्तरीय खेलाडीहरु साथै विभिन्न क्लब लेबलका खेलाडीहरु ग्रेड ‘सी’ यो समुहमा रहनेछन् । जसको न्युनतम मूल्य १० हजार रुपैया रहनेछ ।

लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा हरेक फ्रेन्चाइज्ड टोलीले अक्सन मार्फत खेलाडी छनोट गर्नेछन् ।

पुरुषको क्रिकेटसँगै महिला क्रिकेटलाई पनि अघि बढाउनु पर्ने उद्देश्यका साथ एनसिएल स्पोर्ट्स प्रालिले ‘एनसिएल वुमन्स टी–२० क्रिकेट लिग’ को आयोजना हुने प्रतियोगिता चैत्र १–९ सम्म विराटनगरको बैजनाथ क्रिकेट मैदानमा हुनेछ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.