default_image

7 years ago

February 24, 2019

एनसिएल टी–२० का लागि खेलाडी दर्ता खुला

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चैत १ गतेबाट विराटनगरमा आयोजना हुने एनसिएल वुमन्स टी–२० क्रिकेट लिगका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको छ । आयोजक एनसिएलले अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया शनिबारबाट शुरु भएको जानकारी गराएको छ ।

खेलाडी दर्ता प्रक्रिया १० फागुनबाट १८ फागुनसम्म जारी रहनेछ । खेलाडी दर्ताका लागि एनसिएल स्पोर्ट्स प्रालिको आधिकारिक वेबसाईट https://www.nclt20.com/ मार्फत ५ सय १ रुपैया दर्ता शुल्क इसेवामार्फत बुझाएर दर्ता गर्न सक्नेछ ।

दर्ता भएका खेलाडीहरु अक्सनबाट चार टिममा बाडिनेछ । खेलाडी दर्ताका लागि तीन क्याटगोरी छुट्याइएको छ ।

पछिल्लो २ वर्षदेखि राष्ट्रिय टिममा रहेका सम्पुर्ण महिला खेलाडीहरु ग्रेड ‘ए’ मा रहनेछन् । जसको न्युनतम मूल्य २५ हजार रूपैया रहनेछ ।

पछिल्लो २ वर्षदेखि राष्ट्रिय टिममा नरहेका महिला खेलाडीहरु, क्याम्पमा पर्न सफल खेलाडीहरु, पुर्व राष्ट्रिय खेलाडीहरु र यु–१९ राष्ट्रिय टिमका महिला खेलाडीहरु ग्रेड ‘बी’ मा रहनेछन् । जसको न्युनतम मूल्य १५ हजार रूपैया रहनेछ ।

क्षेत्रीय एवम् जिल्ला स्तरीय खेलाडीहरु साथै विभिन्न क्लब लेबलका खेलाडीहरु ग्रेड ‘सी’ यो समुहमा रहनेछन् । जसको न्युनतम मूल्य १० हजार रुपैया रहनेछ ।

लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा हरेक फ्रेन्चाइज्ड टोलीले अक्सन मार्फत खेलाडी छनोट गर्नेछन् ।

पुरुषको क्रिकेटसँगै महिला क्रिकेटलाई पनि अघि बढाउनु पर्ने उद्देश्यका साथ एनसिएल स्पोर्ट्स प्रालिले ‘एनसिएल वुमन्स टी–२० क्रिकेट लिग’ को आयोजना हुने प्रतियोगिता चैत्र १–९ सम्म विराटनगरको बैजनाथ क्रिकेट मैदानमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.