default_image

7 years ago

February 25, 2019

दक्षिण अफ्रिका जाने डिपिएल राइजिङ स्टार टोली घोषणा

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा सहभागी १९ बर्ष मुनिका खेलाडीहरु सम्मिलित डिपिएल इमर्जिङ स्टार घोषणा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले दक्षिण अफ्रिका भ्रमणमा जाने १५ जना १९ बर्ष मुनिका खेलाडीहरुको नाम घोषणा गरेको हो ।

डीपीएलले स्पोर्ट्स एडसँगको सहकार्य तथा जोन्टी रोड्स र रायन मरोनको पहलमा डीपीएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको दुई साताको भ्रमण गराउने भएपछि सम्भावना बोकेका खेलाडीहरु छनोट गरिएका हुन् । डिपिएल इमर्जिङ स्टारको टोलीमा रोहितकुमार पौडेल, रित गौतम, भीम सार्की, कुशल मल्ल, तृतराज दास, सुवास ऐर, सुशील खड्का र कमलसिंह ऐरी छन् । यस्तै रशिद खान, आदील अन्सारी, दिपेन्द्र रावत, कृष्ण ऐर, पवन सर्राफ, सन्दिप जोरा र खगेन्द्र जैसीले पनि अन्तिम १५ मा स्थान बनाउन सफल भए ।

डिपिएल इमर्जिङ स्टारको टोली आगामी दशैंपछि दक्षिण अफ्रिकाको भ्रमणमा जानेछ । भ्रमणमा कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । १५ सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजक डिपिएल र स्पोर्ट्स एडले व्यवस्थापन गर्ने एकेडमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

डीपीएल इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसँग ५० ओभर र २ दिवसीय क्रिकेट खेल्नेछ । खेलाडीको प्रदर्शन र उमेर हेरेर टोलीको छनोट गरिएको स्पोर्ट्स एडका अभिषेक केसीले बताए । जोन्टी रोड्स र रायन मरोनसँग दक्षिण अफ्रिाकामा हाई पर्फरमेन्स क्याम्प पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.