default_image

7 years ago

February 27, 2019

सन्दीपको अविश्वसनीय बलिङ

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्ल्याडीयटर्सविरुद्ध खेलमा उत्कृष्ट बलिङ गरेका छन् । लाहोर कलन्दर्सबाट खेलिरहेका उनले क्वेटाको शीर्षक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । क्वेटाले जितका लागि लाहोरलाई १ सय ७ रनको लक्ष्य दिएको छ ।

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले चौथो बलमा नै सेन वाटसनलाई एलबीडब्लू धरापमा पारेका थिए । त्यस ओभरमा उनले ३ रनमात्र खर्चे । छैटौं ओभरको पहिलो र अन्तिम बलमा पनि सन्दीपले सफलता हात पारे । पहिलो बलमा राइली रुसोलाई क्याच आउट गराएका उनले अन्तिम बलमा उमर अकमललाई बोल्ड गरे । त्यस ओभरमा उनले २ रनमात्र दिए ।

त्यसपछि आठौं ओभरको तेस्रो बलमा सन्दीपले दानिश अजिजलाई १ रनमा क्याचआउट गराए । उक्त ओभरमा ३ रन लिए । दशौँ ओभरमा आफ्नो कोटा सकाएका उनले २ रनमात्र दिए । सन्दीपले पहिलो खेलमा ४६ रन खर्चेर ३ विकेट लिँदा दोस्रो खेलमा २० रन दिँदै १ विकेट हात पारेका थिए ।

क्वेटाले अन्तिम ओभरको पहिलो बलमा अलआउट हुँदै १ सय ६ रनमात्र जोड्यो । क्वेटाका ओपनर अहसन अलीले ३३ र कप्तान सरफराज अहमदले २९ रनको योगदान दिए । लाहोरका लागि हरिस राउफले २ विकेट लिए भने यासिर साह र शाहिन अफ्रिदिले १-१ विकेट लिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.