default_image

7 years ago

February 28, 2019

फर्कियो महिला टोली, प्रशिक्षक र कप्तान आशावादी

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा आयोजना भएको आइसीसी महिला एसिया विश्वकप छनोटमा दोस्रो स्थान हात पारेको नेपाली महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

नेपाली महिला क्रिकेट टोली बिहीबार १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई स्वागत कोही पनि पदाधिकारी विमानस्थलमा पुगेन । सात राष्ट्र सम्मिलित एसिया छनोटमा नेपाल थाईल्यान्डसँग पराजित भएपछि ग्लोबल क्वालिफायरमा पुग्नबाट चुकेको थियो ।

वर्षमा ६ महिना क्रिकेट खेल्ने वातावरण बनाइदिनुस्ः प्रशिक्षक दास

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक तथा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पुर्वकप्तान विनोद दासले महिला क्रिकेट विकासको लागि वर्षमा कम्तीमा पनि ६ महिना क्रिकेट खेल्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

थाइल्यान्डमा आयोजना भएको आइसीसी महिला एसिया विश्वकप छनोटमा दोस्रो स्थान हात पारेर बिहीबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रशिक्षक दासले यस्तो बताएका हुन् । उनले दुई वर्ष क्रिकेट नखेलेर पछिल्लो २ महिनाको प्रशिक्षणमा पनि महिला टोलीले उच्च स्तरको क्रिकेट खेलेको र एसिया छनोटको खेलबाट आफु टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए ।

‘हामीले पछिल्लो एक महिनामा एसिया छनोटसहित दुई प्रतियोगितामा १२ खेल खेल्यौ । नतिजा १० जित र दुई हारको छ । दुवै खेलमा हामीले थाइल्यान्डसँग हार बेहो¥यौ । बाँकीमा हामीले राम्रो खेलेका छौं,’ ‘हामी चुकेका हैनौं । तीन महिनाको पिरियडमा टिमले राम्रो खेलेका हौं । मात्रै तर, दोस्रो चरणमा मात्रै पुग्न नसकेको । दुई भिन्न प्रतियोगिताका लागि एकै क्वालिफायर हुदा टिम ग्लोबल क्वालिफायरमा पुग्न नसकेको हो ।’

उनले महिला क्रिकेट विकासको लागि कम्तीमा पनि ६ देखि ८ महिना क्रिकेट खेल्ने वातावरण बनाइदिन सम्बन्धित निकायलाई आग्रह गरे । ‘दुईवर्ष शुन्य अवस्थामै रहेर फेरि क्रिकेट शुरु गर्दा पनि महिला टिमको खेलबाट म सन्तुष्ट छु । नेपाली महिला क्रिकेट अझै माथि उठ्न सक्छ । यसका लागि सम्बन्धित निकायले क्रिकेट खेल्ने वातावरण बनाइदिनुपर्छ,’ प्रशिक्षक दासले भने, ‘टिममा भएका १४ खेलाडीमात्रै हैन अरु खेलाडी पनि राम्रा छन् । केही खेलाडी सन्यास नजिक छ । उनीहरुलाई जोगाउदै उनीहरुको विकल्पमा राम्रो रिप्लेसमेन्ट नपाउन सक्छ । त्यसैले बेलैमा ध्यान दिन जरुरी छ ।

‘नतिजा सकरात्मक’ : कप्तान रुविना

यता, महिला टिमकी कप्तान रुविना क्षेत्री वेलवासेले टिमको नतिजाबाट आत्मसन्तुष्टि मिलेको बताइन् । ‘यो नतिजालाई सकरात्मक रुपमा लिएको छु । यो स्टेजमा टिमले राम्रो गरिरहेका छन्,’ कप्तान क्षेत्रीले भनिन्, ‘अझै पनि यही अवस्था रहिरहे हामी अब आफ्नो समय खेर फाल्नेछैनौ । यस्तै अवस्था रहिरहे अबको केही वर्षमा नेपाली महला क्रिकेटर पनि छर भन्ने प्रश्न उठ्न सक्छ ।’ यस्तै उनले टिमको स्वागतमा कोही पनि नदेखिदा खिन्नताबोध भएको बताउदै नतिजालाई दाज्नुभन्दा पनि सबैलाई समान व्यवहार गरिदिन आग्रह गरिन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.