7 years ago
March 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत बिहीबार कराची किंग्सविरुद्ध खेलमा उत्कृष्ट बलिङ प्रदर्शनलाई निरन्तरता दिएका छन् । सन्दीपले कसिलो बलिङ गरेपनि कराची ५ विकेटले विजयी रहयो ।

पहिलो ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेको थियो । एबी डी भिलियर्सले ३३, सोहेल अख्तरले नटआउट २९, कोरी एन्डरसनले २२ तथा हरिस सोहेलले २० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिएनन् । कराचीका इफ्तिखार अहमदले २ तथा इमाद वासिम, मोहमद आमिर र उमेर खानले १-१ विकेट हात पारे ।
जवाफमा सन्दीपले तेस्रो ओभरमा नै ओपनर कोलिन मुनरोलाई आउट गरे । आफ्नो पहिलो ओभरको अन्तिम बलमा उनले मुनरोलाई क्याच आउट गराए । पहिलो ओभरमा २ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा अर्का ओपनर बाबर आजमलाई बोल्ड गरे । उनले त्यस ओभरमा पनि १ रनमात्र दिँदै लाहोरलाई बलियो स्थितिमा ल्याए ।
सन्दीपले त्यसपछि सातौं ओभरमा ६ रन र दशौं ओभरमा ८ रन खर्चेका थिए । अन्य बलरहरुले राम्रो साथ दिन नसक्दा लाहोर पराजित हुन पुग्यो । कराचीले अन्तिम ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको थियो । कराचीका लागि लियाम लिभिङस्टोनले ३८ रनको योगदान दिए । इफ्तिखार अहमद ३३ रनमा नटआउट रहे । लाहिरका डेविड विसा र हरिस राउफले १-१ विकेट लिए ।
यस हारसँगै सन्दीपको टोली अंक तालिकामा तल झरेको छ । ७ खेलमा ३ जित र ४ हारसहित लाहोर चौथो स्थानमा छ । पेशावर जाल्मी, क्वेटा ग्ल्याडीयटर्स र इस्लामावाद युनाइटेडको समान ८-८ अंक छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]