default_image

7 years ago

March 3, 2019

गेल र थोमस चम्कँदा सिरिज बराबर

120 views

0 Bookmark

एजेन्सी – आक्रामक ब्याट्सम्यान क्रिस गेल र तीव्र गतिका बलर ओसेन थोमस चम्केपछि वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध जारि सिरिजको पाँचौ वान डे खेलमा ७ विकेटले पराजित गरेको छ । यससँगै सिरिज २-२ को बराबरीमा सकिएको छ ।

टस जितेर फिल्डीङ रोजेको वेस्ट इन्डिजका लागि ओसेन थोमसले ५ विकेट हात पारेपछि इंग्ल्यान्ड १ सय १३ रनमा अलआउट भयो । इंग्ल्यान्डका लागि ओपनर एलेक्स हेल्स र जोस बटलरले समान २३-२३ रन जोड्नुबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन् । थोमसले ५.१ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । जेसन होल्डर र क्रेग ब्रेथवेटले २-२ तथा शेल्दन कटरेलले १ विकेट हात पारे ।

जवाफमा झिनो लक्ष्यलाई पछ्याउन ओपनर क्रिस गेलले आक्रामक ब्याटिङ गरे । २७ बलमा ५ चौका र ९ छक्का प्रहार गरेका गेलले ७७ रन जोडे । वेस्ट इन्डिजले १२.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य प्राप्त गरको हो । मार्क वुडले २ तथा क्रिस वक्सले १ विकेट हात पारे ।

गेलले सिरिजभर उत्कृष्ट ब्याटिङ गर्दै म्यान अफ द सिरिजको उपाधि जिते । ओसेन थोमस म्यान अफ द म्याच भए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.