7 years ago
March 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ (सिप्यान) नेपालले आयोजना गर्न लागेको एनसिसिएस–सिप्यान क्रिकेट अवार्डको ५ विधामध्ये तीन विधाको मनोनयन सार्वजनिक भएको छ ।

सिप्यानले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर अवार्डको तीन विधा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र वर्ष उदियमान खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान, यु–१९ टिमका मुख्य प्रशिक्षक तथा महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक विनोद दासले मनोनयन सार्वजनिक गरे ।
यसअघि सिप्यानले भोटिङका लागि मोमेन्ट अफ दि इयरको १० उत्कृष्ट क्षणलाई सार्वजनिक गरिसकेको थियो । मोमेन्ट अफ दि इयरको अवार्डको लागि भोटिङ जारी रहेको र सोमबार राति १२ बजेसम्म भोटिङ खुल्ला रहने आयोजकले जनाएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट एक जना सोही दिन नै सम्मानित हुनेछन् ।
वर्ष क्रिकेट खेलाडी पुरुषमा कप्तान पारस खड्कासँगै युवा लेग स्पिनर सन्दीप लामिछाने मनोनयनमा परेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामी पनि मनोनयनमा परेका छन् । मनोनयनमा परेका खेलाडीहरु अघिल्लो वर्षदेखि युएईविरुद्धको सिरिजमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको सिप्यानले जनाएको छ ।
यस्तै वर्ष क्रिकेट खेलाडी महिलामा कप्तान रुविना क्षेत्री वेलवासीसँगै करुणा भन्डारी, इन्दु बर्मा, सीता रानामगर र सरिता मगरबीच प्रतिस्पर्धा हुनेछ । उनीहरलाई एक महिना अघि थाइल्यान्डमा भएको महिला टी–२० स्म्यासमा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको आयोजकले जनाएको छ । यस्तै उदियमान वर्ष खेलाडीमा अभिनास बोहोरा, ललितनारायण राजवंशी, रोहित कुमार पौडेल र सन्दीप जोरासँगै महिलाबाट कविता कुँवर मनोनयनमा परेका छन् ।
तीन विधाको अवार्डको लागि ७ सदस्यीय प्राविधिक समिति गठन गरि उनीहरुले योग्य खेलाडी छनोट गरेको सिप्यानले जनाएको छ । प्राविधिक समितिमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महला टिमका प्रशिक्षक विनोद दास, अम्पायर विनय कुमार झा, अम्पायर दुर्गानाथ सुवेदी (देवेन्द्र), पत्रकार सरिता श्रेष्ठ, सुबास हुमागाई र प्राविधिक को–अर्डिनेटरमा नेपाली क्रिकेट टिमका व्यवस्थापक तथा टेक्निकल एनलिस्ट रमन शिवाकोटी रहेका छन् । समितिका सदस्य तथा प्रशिक्षक विनोद दासले नेपालीहरुको प्रदर्शन, टिममा पारेको प्रभावलाई आधार मानेर मनोनयनका लागि खेलाडी छनोट गरिएको बताए ।
मनोनयनमा परेका मध्येबाट हरेक विधामा एक जना मंगलबार आयोजना हुने अवार्डबाट विजेता छानिनेछ । वर्ष पुरुष खेलाडीको विजेताले करसहित १ लाख ३२ हजार रूपैयाँ पाउनेछन् । वर्ष महिला खेलाडीको विजेता र उदियमान खेलाडीले समान ६६ हजार रूपैयाँ हात पार्नेछन् । यसैबीच आयोजको अवार्डको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । अवार्ड कार्यक्रम रसियन कल्चर सेन्टरमा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]