7 years ago
March 4, 2019
विनोदबाबु रिजाल, भरतपुर
तीव्र गतिका बलर किशोर महतो र दीपेश श्रेष्ठले घातक बलिङ गरेपछि चितवन क्रिकेट क्लबले १६ अौं मेयर्स चितवन च्याम्पियन्स ट्रफी २०७५ को उपाधि हात पारेको छ । फाइनलमा कलैया क्रिकेट क्लबलाई ५४ रनले पराजित गर्दै चितवनले १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता कलैयाले ५० हजार रूपैयाँमा चित्त बुझायो ।

क्याम्पाचौर मैदानमा सोमबार भएको खेलमा चितवनले पहिलो ब्याटिङ गर्दै २० अोभरमा ७ विकेटको क्षतिमा १ सय ९ रन जोडेको थियो । चितवनका लागि राम कार्कीले ३१ र दीपेश श्रेष्ठले २७ रनको योगदान दिए । हेमराज पौडेलले १५ र हरिबहादुर चौहानले ११ रन जोडे । कलैयाका लागि अनिल शाह, अादिल अन्सारी र अाशुतोष पटेलले २-२ विकेट लिए ।
जवाफमा किशोर र दिपेशले घातक बलिङ गरेपछि कलैयाको शीर्षक्रम धराशायी भयो । सुरुवाती ५ अोभरमा नै कलैया १२-७ को लज्जास्पद स्थितिमा पुगेको थियो । त्यसपछि शिव तन्डुकार २३ र कुमार थापाले ११ रन जोडेपछि कलैया केही सम्हालिएको थियो । कलैया १२.३ अोभरमा ५५ रनमा अलअाउट भयो ।
किशोरले ३.३ अोभरमा ९ रन खर्चेर ५ विकेट लिए । गौतम केसी र दीपेशले २-२ विकेट बाँडे । किशोर खेलको म्यान अफ द म्याच बन्दै ३ हजार रूपैयाँ प्राप्त गरे ।
चितवनका दीपेश श्रेष्ठ म्यान अफ द सिरिज बन्दै १० हजार रूपैयाँ पाए । धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल उत्कृष्ट ब्याट्सम्यान र चितवनका किशोर महतो उत्कृष्ट बलर बन्दै ५-५ हजार रुपैयाँ प्राप्त गरे ।
विजयी टोली तथा खेलाडीलाई बालकुमारी माविको व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधान, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान, वरिष्ठ खेलाडी तथा कलाकार रिद्दिचरण श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश अाचार्य, महासचिव प्रकाश तिमल्सिना, प्रतियोगिता संयोजक सुदीप पिया लगायतले पुरस्कृत गरेका थिए ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]