default_image

7 years ago

March 5, 2019

विश्वकपपछि लेग स्पिनर ताहिरले सन्न्यास लिने

151 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरले मे ३० देखी इंग्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपपछि वान डे क्रिकेटबाट सन्न्यास लिने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा भरपुर अनुभव बोकेका ३९ बर्षिय ताहिरले एक दिवसिय विश्वकप पछि सन्न्यास लिने क्रिकेट साउथ अफ्रिकाले जनाएको छ । सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध ओडीआई क्रिकेटमा डेब्यू गरेका थिए । ताहिरले हाल सम्म ९५ ओडीआई खेलमा कुल १ सय ५६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन ७/४५ छ । यसक्रममा ४.६५ इकोनमीमा रन खर्चिएका छन् ।

ताहिरले टि-२० क्रिकेट भने सन् २०२० को विश्वकप सम्म खेल्ने इच्छा राखेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उनले फ्रेन्चाइज लिगहरुमा भने निरन्तर खेलिरहने जनाएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.