default_image

7 years ago

March 5, 2019

विश्वकपपछि लेग स्पिनर ताहिरले सन्न्यास लिने

149 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरले मे ३० देखी इंग्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपपछि वान डे क्रिकेटबाट सन्न्यास लिने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा भरपुर अनुभव बोकेका ३९ बर्षिय ताहिरले एक दिवसिय विश्वकप पछि सन्न्यास लिने क्रिकेट साउथ अफ्रिकाले जनाएको छ । सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध ओडीआई क्रिकेटमा डेब्यू गरेका थिए । ताहिरले हाल सम्म ९५ ओडीआई खेलमा कुल १ सय ५६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन ७/४५ छ । यसक्रममा ४.६५ इकोनमीमा रन खर्चिएका छन् ।

ताहिरले टि-२० क्रिकेट भने सन् २०२० को विश्वकप सम्म खेल्ने इच्छा राखेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उनले फ्रेन्चाइज लिगहरुमा भने निरन्तर खेलिरहने जनाएका छन् ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.