default_image

7 years ago

March 5, 2019

एनसीसीएस-सीप्यान क्रिकेट अवार्ड आज

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को आयोजनामा हुने एनसिसिएस–सिप्यान क्रिकेट अवार्ड आज राजधानीमा हुँदैछ । कार्यक्रम कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा दिउँसो १:३० बजे सुरु हुनेछ ।

सिप्यानले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर अवार्डको तीन विधा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र वर्ष उदियमान खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसअघि नै सार्वजनिक मतदानका आधारमा विजेता घोषित हुने अवधारणामा वर्षको उत्कृष्ट क्रिकेट क्षणका लागि १० क्षण मनोनयनमा परेका थिए । यसबाहेक लाइफटाइम एचिभमेन्ट अवार्डबाट एक जना सम्मानित हुनेछन् ।

वर्ष क्रिकेट खेलाडी पुरुषमा कप्तान पारस खड्कासँगै युवा लेग स्पिनर सन्दीप लामिछाने मनोनयनमा परेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामी पनि मनोनयनमा परेका छन् । मनोनयनमा परेका खेलाडीहरु अघिल्लो वर्षदेखि युएईविरुद्धको सिरिजमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको सिप्यानले जनाएको छ ।

यस्तै वर्ष क्रिकेट खेलाडी महिलामा कप्तान रुविना क्षेत्री बेलबसेसँगै करुणा भन्डारी, इन्दु बर्मा, सीता रानामगर र सरिता मगरबीच प्रतिस्पर्धा हुनेछ । पछिल्लो महिना थाइल्यान्डमा भएको महिला टी–२० स्म्यासमा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको आयोजकले जनाएको छ । यस्तै उदियमान वर्ष खेलाडीमा अभिनास बोहोरा, ललितनारायण राजवंशी, रोहित कुमार पौडेल र सन्दीप जोरासँगै महिलाबाट कविता कुँवर मनोनयनमा परेका छन् ।

तीन विधाको अवार्डको लागि ७ सदस्यीय प्राविधिक समिति गठन गरि उनीहरुले योग्य खेलाडी छनोट गरेको सिप्यानले जनाएको छ । प्राविधिक समितिमा पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, ,महिला टोलीका प्रशिक्षक विनोद दास, अम्पायरद्वय विनय कुमार झा र दुर्गानाथ सुवेदी (देवेन्द्र), खेल पत्रकारद्वय सरिता श्रेष्ठ र सुबास हुमागाईसँगै प्राविधिक को–अर्डिनेटरमा नेपाली क्रिकेट टिमका व्यवस्थापक तथा टेक्निकल एनलिस्ट रमन शिवाकोटी रहेका छन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.