default_image

7 years ago

March 5, 2019

फेरियो सन्दीपको दिल्लीको स्वरुप !

142 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण मार्च २३ देखी भारतका विभिन्न सहरमा हुँदैछ । आईपीएल सुरु हुनुअघि फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले नाम र लोगोपछि आफ्नो जर्सी पनि परिवर्तन गरेको छ ।

नयाँ दिल्ली को नयाँ जर्सि भन्दै सोमबार सन्दीपको अनुहार प्रयोग गर्दै दिल्लीले ट्वीट गरेको छ । गत मंसिरमा दिल्लीले आफ्नो नाम र लोगो परिवर्तन गरेको थियो । विगतमा रहेको दिल्ली डेयरडेभिल्सको नाम परिवर्तन गर्दै दिल्ली क्यापिटल्स बनाएको थियो । गत साता दिल्लीले नयाँ जर्सी सार्वजनिक गरेको थियो ।

हालसम्म आईपीएलको फाइनलसम्म पुग्न नसकेको दिल्लीले यस पटक भने उपाधि जित्ने लक्ष्यका साथ नाम र जर्सी दुवै परिवर्तन गरेको हुन सक्ने बुझिएको छ । यसअघि जीएमआरसँग शत प्रतिशत स्वामित्व रहेको दिल्लीको टोलीमा यस सिजन जीएसडब्लू समूहले आधा स्वामित्व लिएको छ । दिल्लीले नयाँ दिल्लीलाई नयाँ जर्सी आवश्यक भन्दै परिवर्तन गरेको हो । दिल्लीले पहिलो खेल मार्च २४ मा रोहित शर्मा कप्तान रहेको मुम्बई इन्डियन्ससँग खेल्दै आईपीएलमा सुरुवात गर्ने छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्लीमै रहेको हुँदा विशेष महत्वका साथ हेरिएको छ । गत वर्ष अन्तिम तीन खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिँदै सनसनी मच्चाएका थिए । सन्दीप हाल पाकिस्तान प्रिमियर लिग (पीएसएल) मा व्यस्त छन् । पीएसएलपछि सन्दीप आईपीएल खेल्न दिल्ली जाने छन् । आईपीएलमा सन्दीपको पारिश्रमीक २० लाख भारतीय रुपैयाँ मात्र हुने छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.